निर्वाचन आयोगका केही व्यक्तिको भूमिका शंकास्पद : प्रचण्ड

2021-02-10

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगको लक्षण राम्रो नदेखिएको बताएका छन्। काठमाडाैंमा बुधबार आयोजित विरोध सभालाई सम्बाेधन गर्ने क्रममा प्रचण्डले आयोगको पछिल्लो गतिविधि हेर्दा लक्षण गतिलो नदेखिएको बताएका हुन्।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगमा पुगेर धम्की दिएको भन्दै कसैको डर र धम्कीको भरमा आयोगले खुट्टा कमाउन नहुनेमा जोड दिएका छन्। उनले आयोगका केही व्यक्तिको भूमिकाप्रति शंका लागेको बताए।

‘केपी ओलीले आयोगमा गएर धम्क्याउनु भएछ र निर्वाचन आयोग चाहिँ अलिकति .. आयोगका कोही कोही मान्छे चाहिँ फेरि के हो के हो, अहिले बढी नबोलौं हैन। भन्यो भने फेरि बिग्रने हो कि! तर, लक्षण निर्वाचन आयोगको गतिलो देखाएको चाहिँ छैन है निर्वाचन आयोग’ प्रचण्डले भने, ‘निर्वाचन आयोग खुटा नकमाऊ। काइते कुराको पछाडि नलाग भन्या न हो हामीले। ठगी धन्दाको पछाडि लाग्ने? निरंकुशताको पछाडि लाग्ने? लोकतन्त्र मास्न खोज्ने ७० वर्ष नेपाली जनताले ल्याएको लोकतन्त्रमा घात गर्न खोज्ने अनि उसैले धम्की दिने? अनि जनताले सहन्छ।’

प्रचण्डले पार्टीका ७० प्रतिशत सदस्य आफ्नो पक्षमा रहेकाले आयोगले सोही अनुसार निर्णय गर्नुपर्ने कुरा पनि बताएका छन्। उनले विवादको ३० दिनको समयका विषयमा ध्यानकर्षण गर्दै समयमा नै आयोगमा विवरण बुझाएको कुरा पनि स्मरण गराएका छन्।

‘७० प्रतिशत केन्द्रीय सदस्य एकातिर हुँदाहुँदै, हामीले सुरुमै गएर भनेको हो नि, हामी हो है पार्टी। ३० दिन त के १० दिन पनि पुगेको थिएन हामी जाँदा। अनि केपी ओलीले गएर धम्क्याउने बित्तिकै त्यसैलाई गएर हिसाब गरेर गयो भने तपाइँको पनि खुट्टी देख्छ नेपालले। सजिलो नठान्नु होला। कसैले सजिलो नठाने हुन्छ। नेपाली जनतालाई हेप्नी गल्ती कसैले नगरे हुन्छ’, सभामा प्रचण्डले भने।

सभामा बोल्ने क्रममा प्रचण्डले संवैधानिक निकायमा पुगेका मानिसले खेलाँची गर्न नहुने कुरामा पनि जोड दिएका छन्। उनले संवैधानिक निकायमा रहेकाले खेलाँची ठान्दिए देशसहित नेपाली जनताले दु:ख पाउने बताए।

‘संवैधानिक निकायमा पुगेका व्यक्तिले खेलाँची ठान्दिए भने देशले दु:ख पाउँछ। जनताले दु:ख पाउँछन्। जनता र देशलाई दु:ख दिने गल्ती कसैले गर्नु हुँदैन’, प्रचण्डले भने।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ