सामाजिक सञ्जाल प्रयोगमा कडाई गर्ने कानुन ल्याइंदै

2021-02-09

काठमाडौं- सामाजिक सञ्जालमा विकृति फैलिएको ठहर गर्दै सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका-२०७७ ल्याउने भएको छ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका सञ्चार तथा सूचना प्रविधि एवं सरकारका प्रवक्ता पार्वत गुरुङले भने, ‘पछिल्लो दिनमा अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा प्रवृत्ति मौलाउँदै गएको छ। सम्मानित संस्थाप्रति उत्तेजक अभिव्यक्ति आएको र त्यसलाई केही जिम्मेवार सञ्चारमाध्यमले समेत प्रसारण गरेको पाइएको छ।’

प्रतिनिधि सभा विघटनपछिको विरोध प्रर्दशनमा राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा आएका अभिव्यक्तिप्रति सरकारले आपत्ति जनाउँदै आएको छ।

संविधानले पूर्ण प्रेस र अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको प्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री गुरुङले स्वतन्त्रताको उपभोग गर्ने नाममा दर्ताविहीन फेसबुक, अनलाइन, यु ट्युबबाट विकृति भएको बताए।

सञ्चारकर्मी अराजक, अमर्यादित हुन रोकेर जिम्मेवार बनाउन निर्देशिका छिट्टै ल्याउन लागिएको उनले प्रष्ट पारे।

लोकतान्त्रिक व्यवस्थामा हिंसा फैलाउने, मुलुकलाई मुठभेडतर्फ धकेल्ने र त्यसलाई प्रसारण गर्ने सञ्चार माध्यमको कार्य खेदजनक भएको उनले बताए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ