ओली पक्षका सांसदले अवरोध गरेपछि प्रदेश सभा बैठक स्थगित

2021-02-07

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदले अवरोध गरेपछि प्रदेश १ को प्रदेश सभा बैठक स्थगित भएको छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राई समेत ओली पक्षका हुन्। उनी पक्षकै सांसदले प्रदेश सभा बैठक अवरोध गरेका थिए।

आइतबार दिउँसो २ बजेका लागि बैठक बोलाइएपनि ढिलोगरी करिब ४ बजेतिर बैठक सुरु भएको थियो। बैठकको सुरुमै प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदले मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रचण्ड–माधव पक्षका १६ सांसदलाई निकाल्न भनेर बैठक अवरुद्ध गरेका हुन्।

सभामुख प्रदीपकुमार भण्डारीले बैठक सुरु गरेलगत्तै ओली पक्षका सांसद बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री विरुद्ध लागेका १६ सांसदलाई सभाबाट ननिकालेसम्म बैठक चल्न नसक्ने चेतावनी दिए।

दलको नेता मुख्यमन्त्री राई भएको अवस्थामा आफ्नै दलका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेकाले सभाबाट निकालेर बैठक चलाउन आग्रह गरे।

राजभण्डारी बोले लगत्तै प्रचण्ड–माधव पक्षका सांसदले अविश्वास प्रस्ताव टेबुल हुनुपर्ने माग राखे। विवादकैबीच ओली पक्षका सांसदले सभा चल्न नदिएपछि आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित भएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ