प्रचण्डहरुलाई चिडियाखानामा थुन्ने भन्नुको अर्थ के होला ?

2021-02-07
लेखक नारायण शर्मा नेकपा नेता हुन्

प्रचण्डले शाकाहारी आन्दोलन नगर्ने भनेपछी बादलले चिडियाखानामा थुन्ने जवाफ दिनुको अर्थ के होला ? यसबारे अहिले व्यापक चिन्ता, चासो र चर्चा गर्दै यसको अर्थ र आसय अनि रहस्य र कारण खोज्ने प्रसस्त प्रयास भैरहेछ !

यसबारे मलाई लाग्छ :
एउटा अर्थ त यी मांसाहारी आन्दोलन गर्नेहरु धेरै संख्यामा छन्, जेलमा अटाउँदैनन् र चिडियाखानामा थुन्नुपर्छ भनेको होला !

अर्को, माओवादी जनयुद्ध रुपी क्रान्तिकारी हिंसात्मक आन्दोलनलाई विसर्जन गर्दै यस्लाई संविधान र कानुनमा समेत निषेध गर्ने धारा र दफा-उपदफामा ल्याप्चे लगाउनेहरुबाटै संविधान र कानुनको कार्यान्वयनको प्रारम्भिक चरणमै तिनलाई चुनौती दिंन खोजिएकोले यो असंवैधानिक र गैरकानूनी मात्र नभएर घोर बदमासी समेत भएकाले यस्ता पशुपंक्षी जस्ता विचित्रका बदमास प्राणीहरुलाई पशुपंक्षी राखिने चिडियाखानाजस्ता स्थलमा राखेर परिचय गराउनु उचित र आवश्यक ठानेर होला !?

तेस्रो, जंगलबाट शहर र सत्तामा आएर गर्नुसम्मको सुखशयल र भोगविलास गरेर पनि त्यसको तृष्णा कहिल्यै नमेटिएर मृगतृष्णा उत्पन्न भएकोले त्यो तृष्णा मेटाउन मृगलाई नथुनेमा मरुभूमिमा दौडदादौडँदै मर्ने भएकोले त्यसरी मर्न दिनु राज्यको धर्म नभएकाले चिडियाखानामा राखेर बचाउन त्यसो भनिएको होला !?

चौथो, जतिसुकै हिंस्रक प्राणीलाई पनि उसको हिंसात्मक चिन्तन र चरित्र चिडियाखानामा राखेपछी उसको मानवसँगको सहजीवनले बदलिएजस्तै अझै रुपान्तरणको आवश्यकता भएकोले जंगल जान पनि नदिने र शहर पस्न-बस्न पनि नदिने गरी शहर र जंगलको समन्वय र मानव र पशुको सहजीवन बाँचिने गर्दा यसरी अन्ततः रुपान्तरण भै सहकार्य गर्न सकिने बनाउनको लागि हाललाई चिडियाखानामा राखेर रुपान्तरण गराउने भनेर पनि होला !?

पाँचौं, कुनै खास श्रम नगरी दलाली, कमिसनखोरी, घुस, भ्रष्टाचार आदि गरेर आफ्नो विचार, वर्ग र व्यवहार बदलेर कम्युनिस्टबाट कमाउनिष्ट, माओवादीबाट खाओवादी र वामपन्थीबाट खामपन्थी र दामपन्थी रुपी दलाल बनिसकेकालाई केही श्रम नगरी बस्न र खान दिएर चुपचाप लगाएर आय आर्जन गर्नको लागि चिडियाखानामा राख्नु नै आर्थिक र व्यापारिक दृष्टिले सही कार्य ठानेर होला !?

छैठौं, छोरी कुटेर बुहारी तर्साउने भनेझैं सदन र सरकारका प्रतिद्वन्द्वी प्रचण्डलाई यसो भनेर धम्काउँदै सरकारको बचाउ गर्ने र यो कुरा अर्का सत्ताका सच्चा प्रतिद्वन्द्वी विप्लवलाई सुनाएर सत्ताको संरक्षण गर्ने दाउँ पनि होला !?

सातौं, क्रान्तिकारी राजनीतिक आन्दोलनलाई आततायी हिंसात्मक स्वरुप बनाई आतंककारी करार गर्ने प्रतिकृयावादी सत्ता, शक्ति, व्यक्ती र प्रवृत्तिको द्योतक स्वयं बादल भएर पनि होला !?

यिनै र यस्तै अरु पनि केही अर्थ र कारण होलान् जस्ले गर्दा त्यत्रा मान्छेले यत्रा मान्छेलाई चिडियाखानामा राख्ने भनेका होलान् भन्ने लाग्छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ