आङ सान सुकीलाई उनकै घरमा नजरबन्द

2021-02-06

बर्मा - म्यानमारको ‘नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)’ कि अध्यक्ष आङ सान सुकीलाई उनकै घरमा नजरबन्दमा राखिएको एनएलडीले पुष्टि गरेको छ।

गत सोमबार म्यानमारमा सेनाले ‘कू’ गरी राज्यसत्ता कब्जा गरेपछि अहिंसावादी राजनीतिका लागि गरेको त्यागका लागि ९० को दशकमा नोबेल पुरस्कारबाट सम्मानित नेतृ सुकीको अवस्थाबारे जानकारी दिँदै उक्त जानकारी गराइएको हो।

उनका सञ्चार अधिकृत क्यी टोयले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘नेतृ सुकीलाई उहाँकै घरमा नजरबन्दमा राखिएको छ र उहाँको स्वास्थ्य सामान्य रहेको छ।’

‘मैले जानकारी पाएसम्म नेतृ सुकीलाई उहाँकै निवासमा नजरबन्दमा राखिएको छ,’ टोयले एएफपीसँग भने।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ