राजपुर गाउँपालिका कार्यालयमा ताला

2021-02-01

देउखुरी - दाङको राजपुर गाउँपालिकाका कार्यपालिका सदस्यहरुले यथासक्य कार्यपालिका बैठक बोलाउन माग गर्दै गाउँपालिकामा तालाबन्दी गरेका छन् । तालाबन्दी गरेको आधाघण्टा निवित्दै प्रशासनले ताला खोलेको थियो । बारम्बार आग्रह गर्दापनि कार्यपालिकाको बैठक नबोलाई जनताको काम नगरेर बन्धक बनाएको आरोप लगाउँदै गाउँपालिकामा तालाबन्दी गरीएको गाउँपालिका प्रवक्ता श्याम रोकाले जानकारी दिनुभयो । एकहप्ता अघि मात्रै वडा नम्बर ६ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता श्याम रोकाको नेतृत्वमा आफ्ना माग सहितको ज्ञापनपत्र गाउँपालिकामा बुझाएको थियो ।

No description available.

No description available.

ज्ञापनापत्रमा गत आर्थिक बर्षमा सम्पन्न योजनाहरुको उपभोक्ताले भुक्तानी नपाएको,साधरण मावि गंगदीमा गठन गरिएको विद्यालय व्यवस्थान समीतिलाई गाउँपालिका आधिकारिता प्रर्दान नगरीएको,गाउँपालिकाबाट नदीजन्य पदार्थ मापदण्ड भन्दा दोब्बर उठान गर्दापनि निगरानी नवढाई राजश्व गुमाएको,गाउँपालिकाको वडा नम्बर ५को खेलमैदान र औद्योगिक क्षेत्रको सार्वजनिक जग्गालाई घरघडेरीको रुपमा विक्री वितरण गर्न खोजिएको, गाउँपालिकामा हालसम्म सार्वजनिक सुनुवाइ नगरीएको,राजपुर गाउँपालिका र गढवा गाउँपालिकाको सिमा विवाद रहेपनि सिमा विवाद हल गर्न चासो नदिएको आरोप लगाउँदै तालाबन्दी गर्दै यथासक्य कार्यपालिका बैठक बोलाउन माग गरिएको छ ।
कार्यपालिका सदस्यले सोमबार लगाएको ताला प्रशासनले खुलाएको छ । गाउँपालिकाको आग्रमा ताला खोलेको प्रहरीले जनाएको छ ।

यसैविच गाउँपालिका अध्यक्ष लोकराज केसीले कार्यपालिका सदस्यले राखेको मागलाई शम्बोधन गर्ने गरी छलफल भइरहेको जानकारी दिनुभएको छ । उहाँहरुले पेश गर्नुभएको ज्ञापन पत्रको जवाफ पनि दिएका छौ, मंगलबार सर्वदलिय बैठकको आयोजना गरी बुधबार कार्यपालिका बैठक राखेर समाधान गर्नेगरी छलफल भइरहेको छ, उहाँले भन्नुभयो ।
राजपुर गाउँपालिकामा बढ्दो राजनीतिकरणका कारण पटक पटक यस्ता समस्या आइरहेका छन् । गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बहुमत छ । नेकपाको बहुमत भएपनि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित अल्पमतको नेपाली काँग्रेसको नेतृत्व छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ