आजको आवश्यकता : प्रतिगमन विरुद्धको मोर्चा अनेक तर प्रहारको निशाना एक

2021-01-31

आजको जस्तो जटिल र गम्भीर अवस्थामा प्रतिगमन र प्रतिकृयावादका विरुद्ध लड्ने लडाइमा प्राय: दुई तरिका अपनाइन्छ । एउटा हो- हालैको एक पोस्टमा Balaram Timalsina ले भनेझैं प्रतिगमनविरोधी शक्तिहरु सबैको एउटै मोर्चा बनाएर लड्ने अर्थात् "मोर्चा एक र प्रहारको निसाना पनि एक" को तरिकाले लड्ने !

अर्को तरिका हो- "मोर्चा फरक/अनेक तर प्रहारको निशाना उही एक" बनाएर लड्ने !

मेरो विचारमा अघिल्लो तरिका अपनाइएमा क्रान्तिकारी वैकल्पिक विचार, बाटो, विधि, व्यवस्थापिका र व्यवस्था आदि सबै ओझेल पर्ने र जनतामा यी दुवै थरी एउटै हुन् भन्ने भ्रम पर्छ ! फेरि क्रान्तिकारी विकल्पवालाको नेतृत्व, शक्ति र प्रभाव हावी हुने अवस्था हुन्थ्यो भने त्यो विकल्प ओझेल पर्ने र भ्रम पर्ने कम हुन्थ्यो र विकल्पलाई स्थापित गर्न र भ्रम चिर्न पनि सकिन्थ्यो तर अहिले त्यो अवस्था छैन । त्यसैले दोस्रो तरिका अपनाउनु पर्छ । यसको लागि प्रतिगमनविरुद्ध लड्ने शक्तिहरुसँग प्रतिगमनका विरुद्ध आआफ्नै मोर्चाबाट लड्ने एउटा सहमती गरेर आआफ्ना भिन्न भिन्न मोर्चाबाट प्रतिगमनका विरुद्ध प्रहार गर्दै जाने र यसक्रममा हामी सच्चा अग्रगामी क्रान्तिकारीहरुले समग्र प्रतिकृयावादी संसद, सरकार र सत्ता/व्यवस्थाका विरुद्ध समेत प्रहार गर्दै लड्दै र बढ्दै जानु राम्रो र सही हुन्छ !

अन्यथा पहिलो तरिकाले क्रान्तिकारीहरु पनि गैयो भने संसदीय यथास्थितिवादमै सीमित हुन पुग्ने प्रबल खतरा रहन्छ ! यो स्थिती भनेको अन्ततः र सारत: अनि हाम्रो विचार र लक्षका दृष्टिले तुलनात्मक रुपले प्रतिगमन नै हो ! यसरी प्रतिगमन विरुद्ध लड्नु भनेको यथास्थितिमै अड्नु होइन, अग्रगमनतिर बढ्नु र गन्तव्यमा पुग्नु हो तर त्यसो हुन नसकेमा त प्रतिगमन नै हुने हुन्छ ! बसौं, बिचार गरौं, बहस गरौं, बढौं-लडौं, बिजय गरौं र बैकल्पिक ब्यवस्थाको बहाली गरौं !




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ