साउथह्याम्पटनविरुद्ध आर्सनलको जित

2021-01-27

काठमाडौं - जारी सिजनमा निकै खराब प्रदर्शन गरिरहेको आर्सनलले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ। मंगलबार राति भएको खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।

आर्सनलको जितमा निकोलस पेपे, बुकायो साका र एलेक्सन्ड्रे लेकाजेटले गोल गरे। साउह्याम्पटनका स्टुआर्ट अर्मस्ट्रङले गोल गरे। खेलको तेस्रो मिनेटमा नै स्टुआर्टले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाए। साउथह्याम्पटनको यो अग्रता धेरै बेर टिक्न सकेन। खेलको आठौं मिनेटमा नै पेपेले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरी दिलाए।

खेलको ३९ औं मिनेटमा साकाले गोल गर्दा आर्सनलले पहिलो हाफसम्म २–१ गोलको अग्रता लियो। ७२ औं मिनेटमा भने आर्सनलका लेकाजेटले गोल गर्दै ३–१ को जित दिलाए। मंगलबार राति नै क्रिस्टल प्यालेसलाई वेष्टहामले ३–२ गोलअन्तरले पराजित गरेको छ। न्युक्यासललाई भने लिड्स युनाइटेडले २–१ गोलले पराजित गर्‍यो।

जितसँगै आर्सनल लिगको आठौं स्थानमा उक्लिएको छ। आर्सनलको २० खेलबाट ३० अंक छ। पराजित साउथह्याम्पटनको भने १९ खेलबाट २९ अंक छ। क्रिस्टल प्यालेसलाई हराएको वेष्टहाम भने लिगको चौथो स्थानमा उक्लिएको छ। वेष्टहामको २० खेलबाट ३५ अंक छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ