2021-01-26 |
काठमाडौं- प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै विज्ञप्ति जारी गरेका सर्वोच्च अदालतका चार जना पूर्वप्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ। राजाराम घिमिरेले चारै जना पूर्वप्रधानन्यायाधीशहरू र पूर्वसभामुख ढुंगानालाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन्।
पूर्वप्रधानन्याधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सशीला कार्कीले प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएकाे टिप्पणी गरेका थिए। पूर्वसभामुख ढुङगानाले सडकबाट न्यायाधीश तान्ने दिन नआओस् भनी अभिव्यक्ति दिएका थिए।
उनीहरूले विचाराधीन मुद्दामा टिप्पणी गर्दै अदालतकाे अवहेलना गरेकाे दाबी निवेदनमा गरिएकाे छ। उनीहरुले आफै उपस्थित भएर जवाफ दिन भनिएकाे छ।
उनीहरूकाे अभिव्यक्तिले विचाराधीन प्रतिनिधि सभा विघटनका मुद्दामा हस्तक्षेप गरेकाे जिकिर निवेदनमा गरिएकाे छ।
मंगलबारै प्रधानमन्त्री केपी ओलीविरुद्व दुई पनि अदालतको अवहेलनामा दुई थान निवेदन दर्ता भएका छन्।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...