बेलायतमा एकै दिन झन्डै तीन लाख जनालाई कोरोनाको खोप

2021-01-18

लण्डन - बेलायत सरकारले कोरोना विरुद्धको खोप वितरण कार्यलाई तीव्र रुपमा अघि बढाएको छ । शनिबारमात्र एकैदिनमा दुई लाख ९८ हजार ८७ जनालाई पहिलो डोज खोप उपलब्ध गराइएको थियो । कोरोना संक्रमण वृद्धिदर भन्दा पनि तीव्र गतिमा कोरोना विरुद्धको भ्याक्सिन वितरण भइरहेको नेशनल हेल्थ सर्भिस (एनएचएस) प्रमुखले बीबीसीलाई बताएका छन् ।

खोप अझै तीव्र गतिमा अघि बढाउन आउँदो दश दिनभित्र हप्ताको सातैदिन चौबिसै घन्टा खोप वितरण गरिने भएको छ । ८० वर्षमाथिका पचास प्रतिशतले खोप पाइसकेको स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले जानकारी दिएका छन् ।आइतबार सार्वजनिक तथ्याँक अनुसार हालसम्म ४३ लाख ७ हजारभन्दा बढी खोप वितरण गरिसकिएको छ । जसमध्ये ३८ लाख ५७ हजार २६६ जनाले पहिलो डोज लगाएका छन् भने चार लाख ४९ हजार ७३६ ले दोस्रो तथा अन्तिम डोज लिएका छन् ।

पछिल्लो तथ्यांक अनुसार एक मिनेटमा १४० जनालाई कोरोना विरुद्धको खोप दिइएको सर साइमन स्टिभेन्सले बताए ।सोमबारबाट खोप वितरणका लागि १० भन्दा बढी केन्द्रहरु संचालनमा आउने भएका छन् । इंग्ल्याण्डमा यसैहप्ताबाट शारीरिक रुपमा जोखिममा परेका ७० वर्षमाथिका मानिसलाई पनि खोप दिइने भएको छ ।

सोमबारबाट १० भन्दा बढी नयाँ खोप केन्द्र संचालन गर्ने समाचार आएलगत्तै ७० वर्षमाथिका पनि खोपको प्रथामिकतामा परेका हुन् ।कोरोना विरुद्धको खोपलाई तीव्रता दिएसंगै तेस्रो र चौथो प्रथामिकतामा परेका मानिसहरुलाई पनि खोप वितरण शुरु गर्न लागिएको हो ।

७० वर्षमाथिको कोरोना विरुद्धको खोपको प्रथामिकतामा धेरै नेपालीहरु पर्दछन् । हजारौंको संख्यामा बेलायतमा बस्दै आएका पूर्व गोर्खाहरु पनि उक्त प्रथामिकतामा पर्दछन् ।७० वर्षमाथिका कति गोर्खालीहरु छन भन्ने यकिन तथ्याँक नभएपनि १५ हजार भन्दा बढी नै रहेको भूतपूर्व गोर्खा सत्याग्रह संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राईले रातोपाटीलाई बताए ।

बेलायतमा कोरोना संक्रमण, मृत्युदर र अस्पताल भर्ना हुनेको संख्याको आधारमा पछिल्लो दुई हप्तामा महामारी भएयताकै नयाँ रेकर्ड कायम भएको छ ।सन् २०२१ को शुरुवातसंगै बेलायतमा एकैदिनमा मृत्यु हुनेको संख्या पन्ध्र सय नाघ्यो भने दैनिक झन्डै ७० हजारको हाराहारीमा संक्रमितहरु थपिए ।

यसैगरी अस्पतालमा उपचारार्थ संक्रमितको संख्या गत अप्रिलको उच्च विन्दुको भन्दा अहिले दोब्बरले बढी छ ।बेलायतमा पछिल्लो २४ घन्टामा थप ६७१ जना संक्रमितको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८९ हजार २६१ पुगेको छ ।

बितेको २४ घण्टाभित्र ३८ हजार ५९८ संक्रमित थपिएका छन् ।नयाँ थपिएका संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३३ लाख ९५ हजार ९५९ पुगेको छ । बेलायतमा झन्डै तीन हप्ता पुग्न लाग्दा संक्रमित संख्या पहिलोपल्ट ४० हजारभन्दा कम भएको हो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ