संसद विघटनको मुद्दा पूर्ण बृहत् इजलासमा लैजान सर्वोच्चद्वारा अस्वीकार

2021-01-15

काठमाडौं - प्रतिनिधि सभा विघटनको मुद्दा पूर्ण बृहत् इजलासमा सुनुवाइ गर्न सर्वोच्चले अस्वीकार गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित ५ जना न्यायाधीशहरूको संवैधानिक इजलासले यो मुद्दा बृहत् इजलासमा सुनुवाइ गर्न अस्वीकार गरेको हो।

शुक्रबार रिट निवेदक र सरकारी पक्षका वकिलहरूको बहस सकिएपछि सर्वोच्चको संवैधानिक इजलासमा नै छलफल निरन्तर हुने आदेश गरेको हो।

रिट निवेदकका तर्फबाट रमण श्रेष्ठलगातले बहस गर्दै विगतका नजिरका आधारमा पनि प्रतिनिधि सभा विघटनको मुद्दा बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने माग गरेका थिए।

सरकारी पक्षका विजय मिश्र, पद्म पाण्डेयलगायत बृहत् पूर्ण इजलासको माग नै गैरसंवैधानिक भएको बताएका थिए। मिश्रले बृहत् पूर्ण इजलासको माग गैरसंवैधानिक भन्दै संवैधानिक इजलास नै उत्तम भएको दाबी गरे। उनले भने‚ ‘बृहत् पूर्ण इजलासको माग नै गैरसंवैधानिक छ। त्यसैले बृहत्‌ इजलासभन्दा संवैधानिक इजलासमा जानु नै उचित हुन्छ।’

त्यस्तै अर्का सरकारपक्षीय वकिल पद्म पाण्डेयले संवैधानिक इजलास नै महत्वपूर्ण भएकाले यस्ता मुद्दालाई बृहत् इजलासमा लैजाने व्यवस्था नभएको बताएका छन्।

‘संविधान र कानुनको व्याख्या गर्ने अधिकार सर्वोच्चलाई छ। सर्वोच्चको अधिकार क्षेत्रको प्रयोगको बारेमा धारा १३३ मा उल्लेख छ,’ उनले भने, ‘महत्वपूर्ण इजलास संवैधानिक इजलास हो। संविधानको धारा १३७ मा गम्भीर संवैधानिक प्रश्नको निरूपणका लागि प्रधानन्यायाधीशले संवैधानिक इजलास तोक्ने व्यवस्था छ।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ