भारतीय मिडियासंग ओलीले भने : 'भारत र चीनबीचको सीमा विवादमा मध्यस्थता गर्न सक्छौं'

2021-01-12

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि रहेको दावी भारतीय सञ्चार माध्यमसँग गरेका छन्। भारतका दुई टेलिभिजन जी न्युज डब्लुआइएओएनलाई दिएको अन्तर्वार्तामा उनले भारतसँग सार्वभौम देशको रुपमा सम्बन्ध अघि बढाउन नेपालले चाहेको अडान राखेका छन्। अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपालले आफ्नै भूमि समेटेर नयाँ नक्सा बनाएको र यसबारे वार्ताबाट समस्या समाधान गर्न आफूहरु तयार रहेको पनि बताए।

प्रधानमन्त्री ओलीले भूगोल र जनसंख्याको आधारमा नेपालभन्दा भारत ठूलो भए पनि दुवै देशको सार्वभौमिकता बराबर रहेको प्रष्ट पार्दै बढे भाइ वा छोटे भाइभन्दा दुई देशको स्वाभिमानको रुपमा कुराकानी गर्न चाहेको बताए। उनले दुवै देश सार्वभौम रहेको र दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियतमा सानो र ठूलो देशको नभएर समान हैसियतको भएको स्पष्ट पारे।

नेपालले चीन र भारतका विचमा फरक रुपमा ब्यवहार गरेको हो भनि गरिएको प्रश्नमा त्यसलाई अस्वीकार गर्दै दुवै छिमेकीसँग बराबर र पारस्परिक सम्बन्ध कायम गर्न चाहेको बताए।

प्रधानमन्त्री ओलीले नेपालले भारत र चीनलाई फरक ढङ्गले व्यवहार नगर्ने पनि स्पष्ट पारे। दुवै देशलाई पञ्चशीलको सिद्धान्तका आधारमा असंलग्न नीति अङ्गीकार गरिरहेकोले समान व्यवहार हुने प्रधानमन्त्रीको भनाइ थियो। उनले भारत र चीनबीचको विवादित क्षेत्र गलवानका बारेमा नेपाललाई कुनै सरोकार नभएको पनि बताए। लद्दाख लगायतका क्षेत्रमा चीन र भारतका बीचमा पछिल्लो समयमा चलिरहेको सर्घष उनीहरुकै मामिला भएको उनको तर्क थियो।

दुई देशबीचको विवादमा नेपाललाई कसैको पक्ष या विपक्षमा लाग्नु जरुरी नभएको प्रधानमन्त्रीको जवाफ थियो। प्रधानमन्त्री ओलीले भारत र चीनबीचको सीमा विवाद समाधानको लागि आफूले मध्यस्थता गर्न सक्ने भने बताए। दुवै देशले चाहेमा छिमेकी भएको नाताले यसमा भुमिका खेल्न सक्ने उनको तर्क थियो।

भारत र चीनबीच समस्यारहित सम्बन्ध होस् भन्ने नै नेपालको चाहना रहेको प्रधानमन्त्रीले प्रष्ट पारे।। अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले वैशाखमा नेपालमा चुनाव हुने र त्यसपछि पनि आफू नै सत्तामा आउने दाबी गरे। आफ्नो पार्टीले बहुमत ल्याउने उनको दावी थियो।

ओलीले सन् २०२१ लाई नेपाल र भारतको विचमा रहेका सबै समस्याहरु हल भएको वर्षको रुपमा घोषणा गरिने दावी गरे। ओलीले चीनसँग सीमासम्बन्धी कुनै पनि विवाद नरहेको र भारतसँग भने सानो समस्या रहेको र सन् २०२१ मा त्यो पनि समाधान हुने दावी गरेका हुन्।

भारतसँगको सीमा समस्याको सम्बन्धमा प्रधानमन्त्री ओलीले सुगौली सन्धिपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा १४६ वर्षसम्म नेपालको नियन्त्रणमा रहेको सन् १९६२ मा भारतीय सेना त्यहाँ बसेपछि नेपालको प्रयोगमा ती भूमि नरहेको समेत उल्लेख गरेका छन्।

प्रचण्डप्रति आक्रोश
देशको आन्तरिक मामिलाका सम्बन्धमा नेताहरुले भारतीय सन्चारमाध्यमसँग बोल्ने गरेको भन्दै त्यसमा आपत्ती जनाउने प्रधानमन्त्री ओलीले भारतीय मिडियासँग भने आफ्नै पार्टीका नेताहरुबारे नकारात्मक टिप्पणी पनि गर्न भ्याए।

अन्तर्वार्ताको क्रममा प्रधानमन्त्री ओलीले देशको आन्तरिक राजनीतिको बारेमा पनि टिप्पणी गरेका हुन्। अन्तर्वार्तामा उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनले अस्थिर चरित्र भएको नेताको टिप्पणी गरेका छन्। प्रचण्डसँगको तपाईंको सम्बन्ध कस्तो छ भनी सोधिएको प्रश्नमा ओलीले अस्थिर चरित्रको मानिस भनी टिप्पणी गरे। उनका गतिविधिहरु वास्तवमा नै प्रजातान्त्रिक भएको ओलीको टिप्पणी थियो। उनले प्रचण्डलाई आफूले कहाँवाट ल्याएको, संविधान बनाउन सहकार्य गरेको तर सधै उनको चरित्र अस्थीर रहेको टिप्पणी गरे।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ