हाम्रो तात्कालिक निकास : अन्तरिम राष्ट्रिय व्यवस्था !

2021-01-09
लेखक : नारायण शर्मा (नेकपा केन्द्रिय सदस्य)

देस अहिले संकट महासंकट झेल्दै र प्रतिक्रान्ती-प्रतिगमन हुँदै स्वत्व र अस्तित्वको समाप्तिको दिशातिर तीव्र गतिमा गैरहेको छ ! त्यसैले उक्त संकट मोचनको लागि यसअघि चर्चा गरिएका सर्वोच्च अन्तरिम राष्ट्रिय राजनीतिक सभा र संयुक्त अन्तरिम राष्ट्रिय सरकारका साथै एक अन्तरिम राष्ट्रिय व्यवस्था अत्यावश्यक छ । अग्रगमन र क्रान्तिलाई स्थापित र विकसित गर्ने सदन र सरकारसँग अनिवार्य रुपले जोडिएर आउने मुख्य विषय त झन् नयाँ र अग्रगामी व्यवस्था हो !

अहिलेको संकटको कारण ओली, ओली सरकार, ओली गुट वा उनको पार्टी नेकपा र त्यसको दुईतिहाई बहुमत भएको संसद जो लेनिनले भन्नू भएझैं "खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो" "गफ गर्ने अखाडा" अर्थात् राम्रा गफको चक्मा दिंदै जनतालाई धोका र विश्वासघात गर्ने वर्तमान संसद हो जो पुँजीवादी संसदीय व्यवस्थाको एक मुख्य अङ्ग नै हो ! रोजा लक्जम्वर्गले त यस्लाई "अवसरवाद कोरल्ने खोर" पनि भनेकी छन् । भन्नाले हाम्रो देसको अहिलेको यो संकट सारमा संसदीय व्यवस्थाका जनविरोधी कृति-विकृती र असङ्गति-विसङ्गतीका कारण नै उत्पन्न भएको हो, भलेही बाह्य रुपमा हेर्दा ओली र ओली गुटको सनक, दम्भ, पूर्वाग्रह र प्रतिशोधका कारण संसद विघटन गरी मध्यावधी घोषणा गर्दै सत्तासीन पार्टी समेत फुटेर यो अवस्था उत्पन्न भएको देखिन्छ ! स्पष्ट छ संसदीय व्यवस्थासँग संसद, संसदीय चुनाव, ससदीय दल/पार्टी, संसदवादी नेता, संसदीय सरकार र तिनका जनहितविरोधी र राष्ट्रहितविरोधी चिन्तन, चरित्र र गतिविधिहरु अभिन्न रुपले जोडिएका छन् ! त्यसैले निरपेक्ष रुपले ओली वा उनको नेतृत्वको सरकार, गुट, पार्टी र संसद मात्र दोषी नभएर मूलतः संसदीय व्यवस्था नै दोषी-खोटी भएको अवस्था हो ! तसर्थ प्रधानमन्त्रीका रुपमा ओली र उनको सरकार, पार्टी/गुट, विघटित संसदका कारण मात्र नभै मूलतः वर्तमान पुँजीवादी संसदीय व्यवस्थाका कारण नेपालमा अहिले फेरि यो संकट पैदा भएकोले यी समस्याग्रस्त निकायहरु नै निषेध र निर्मूल गर्नु पर्ने हुन्छ । त्यसैले मुख्य समस्याको रुपमा देखिएको संसदीय व्यवस्थाको विकल्पमा एक अग्रगामी क्रान्तिकारी अन्तरिम राष्ट्रिय व्यवस्था अवलम्बन गर्नु जरुरी भएको छ ! तात्कालिक वैकल्पिक अस्थायी व्यवस्थाको अवलम्बन र दीर्घकालीन वैकल्पिक व्यवस्थाको गन्तव्य चयन बिनाका अन्तरिम सभा र अन्तरिम सरकारको खासै अर्थ रहँदैन । यसरी हेर्दा संसदीय व्यवस्थाअन्तर्गत बनेको ओली सरकार र विघटित संसद वा मध्यावधिद्वारा पुनर्निर्वाचित संसदको विकल्पको रुपमा क्रमशः अन्तरिम अग्रगामी-क्रान्तिकारी शासनव्यवस्था, अन्तरिम सरकार र अन्तरिम सभा लाई वर्तमान संकटको निकासको भरपर्दो वैकल्पिक सेटका रुपमा लिनु अनिवार्य छ ।

अब प्रश्न उठ्छ कि त्यस्तो वैकल्पिक व्यवस्था के हुन सक्छ, कस्तो व्यवस्था हुनसक्छ ? हामीले विगत लामो समयदेखि भन्दै आएका छौं कि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत समस्याहरु हल गर्ने देसभक्त र जनवादी ( Patriotic n democratic) व्यवस्था नै विकल्प हो नेपालजस्तो अर्धविकसित, अर्धसामन्ती र अर्धऔपनिवेसिक मुलुकमा । त्यस्तो देसभक्त र जनवादी व्यवस्थाको ठोस नाम पनि हामी सबैजसो राजनीतिक पार्टी र नेताहरुले दिंदै आएका हौं । जस्तो कि नयाँ/नौलो जनवाद, राष्ट्रिय जनवाद, परिमार्जित नौलो जनवाद, जनताको बहुदलीय जनवाद, समाजवाद, प्रजातान्त्रिक समाजवाद, बैज्ञानिक समाजवाद, समाजवाद उन्मुख जनताको जनवाद र संघीय जनगणतन्त्र आदि-इत्यादि । हामी सबैजसो राजनीतिक दल, तिनका नेताकार्यकर्ता, विज्ञ-विशेषज्ञ र आम जनसाधारणले पनि भन्ने गरेका उक्त थुप्रै वैकल्पिक व्यवस्थामध्ये कुन सबभन्दा बढी उपयुक्त हो भन्ने कुरा बहस र संघर्षद्वारा टुङ्गाउने कुरा हो ! अहिलेसम्म हामीबाट भएको ब्लन्डर के हो भने हामीले यी अग्रगामी र क्रान्तिकारी विकल्प छोडेर विश्वमै गन्हाएको र हाम्रै देसमा पनि पटक पटक बदनाम र अफाप सिद्ध भएको उही संसदीय व्यवस्था स्वीकार्‍यौं ! अहिले हामी तत्कालै यी माथिका विकल्पहरुमा सहमत हुन सक्तैनौं भनेपनि स्थायी वा रणनीतिक व्यवस्थाको लागि छलफल गर्दै जाने गरी हाललाई शोषित र उत्पीडित वर्गको प्रतिनिधित्व, हकहित एवं राष्ट्रिय स्वाधीनता, मुक्ति र प्रगति सुनिश्चित गर्ने कुनै अस्थायी मोडेलस्वरुप अन्तरिम व्यवस्थाको विकास गरौं र त्यसैमार्फत अघि बढौं !

यहाँनेर उक्त अन्तरिम व्यवस्था हुँदै समाजवादसम्म पुग्ने संक्रमणकालीन व्यवस्थामा अवलम्बन गर्नै पर्ने केही आधारभूत कुरा भने हुनैपर्छ । ती हुन् :-

१. जनसंख्याको अनुपातमा जातीय, लिङीय, क्षेत्रीय प्रतिनिधित्व वर्गीय आधारमा गराउने चुनाव-प्रणाली !
२. पार्टी र राज्यको संयन्त्रले तय गरेको एउटा निश्चित दायरामा रही सम्पूर्ण अधिकार अभ्यास गर्ने जननिर्वाचित पूर्णकालीन प्रधानमन्त्रीय वा राष्ट्रपतीय शक्तिशाली शासन प्रणाली ।
३. पद, पैसा, पावर, पहुँच र परिवारमुक्त निर्वाचन ।
४. जनप्रतिनिधिबाट प्रतिबद्धता पूरा नभए आधा अवधिमै प्रत्याह्वान गर्नसकिने र जनविरोधी र राष्ट्रहित विरोधी गतिविधी गरेमा तत्काल कार्वाहीस्वरुप जनता र पार्टीद्वारा निलम्बन र निष्कासन समेत गर्न सकिने प्रबन्ध ।
५. सरकार प्रमुख वा राष्ट्रप्रमुख जुनसुकै कारणले पदमा नरहेको अवस्थामा दर्जनौ विकल्प दिइने तर पुनः मध्यकालीन निर्वाचन नगर्ने प्रावधान ।
६. वैदेसिक शक्तिकेन्द्रप्रति गरिने भक्ति-आसक्ती, दासता-दलाली, चाकरी-चापलुसी, चुक्ली-चटनी, आशा-भरोसा, लोभ-लालच र डर-त्रास आदिको मोहपासभन्दा टाढै रहने व्यक्ती र शक्तीलाई मात्र निर्वाचनमा सहभागी र प्रतिस्पर्धा गर्ने अधिकार हुने ।
७. कम्तीमा २०४७ साल यताका सार्वजनिक ओहोदाका उच्चपदस्थ कर्मचारी, सांसद, मन्त्री, नेता आदिका सम्पत्ती छान्बिन गर्ने र त्यसयताका चर्चित विचाराधीन वा छिनोफानो भएका भनिएका भ्रस्टाचारसँग सम्बन्धित मुद्दाहरुको पुनरावलोकन गरी एक बर्षभित्रमा सुनुवाई गरिसक्ने !
८. मदन-आशृत हत्याकाण्ड, नारायणहिटी दरबार हत्याकान्डलगायतका अत्यधिक जनचासो र चिन्ताका भयानक हत्याकान्डको पुन:र्जाँच आयोग गठन र छानविन गरी अपराधीहरुलाई हदैसम्मको कार्वाही !
९. कृषि, उद्योग, जलविद्युत र पर्यटनलाई विकासको मूल आधार मानी राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको अवलम्बन र विकास गर्ने !
१०. सन् १९५० लगायतका सम्पूर्ण असमान र असम्मानजनक सन्धिसम्झौताको पुनरावलोकन गरी तिन्लाई नवीकरण वा खारेजी गर्ने !
११. शिक्षा, स्वास्थ्य र संचारको सम्पूर्ण जिम्मा सरकारले लिदै शिक्षालाई श्रममुखी र स्वाभिमानमुखी, नैतिकता र बैज्ञानिकता उन्मुख, उत्पादन र रोजगारीमूलक अनि शीप-प्रविधियुक्त देसभक्त नागरिक उत्पादन गर्ने गराउने !
१२. सार्वजनिक खरिद र ठेक्कापट्टामा हुने अनियमितता, अनियन्तृतता, अनुगमनहीनता, ढिलासुस्ती, रकम वृद्धि आदिमा तत्काल कडा कार्वाही गर्ने ।
१३. महङ्गी, कालाबजारी, कृतृम अभाव, घुसखोरी, कमिसनखोरी, दलाली, विचौलिया र आसेपासे र गासेदासे लगायत दलाल तथा नोकरशाहहरुबाट हुने शोषण-दोहनको पूर्ण नियन्त्रण र निषेध ।
१४. एनजीओ/आईएनजीओको लागि आउने रकममा पूर्णत: एकद्वारप्रणाली, कुस्त अनु
गमन र दुरुस्त नियन्त्रण हुने !
१५. वस्तु तथा सेवा आयातमा पूर्ण निगरानी र नियन्त्रण तथा निर्यातमा पूर्ण जोड र अत्यधिक प्रबर्द्धनका साथै प्रतिभा, पावर र पैसा(डलर) निकासीमा कडा नियन्त्रण !
१६. आधारभूत, सन्तुलित, समग्र र दीगो विकासको अवधारणा अवलम्बन !
१७. राज्यसत्ता र पार्टीसत्ताका अङ्ग-प्रत्येङ्ग र नेतृत्व-व्यक्तित्वबाट हुने जनहित र राष्ट्रहितकारी कामको सहयोगार्थ सूचना र सुझाव दिन तथा तिनका गतिविधिहरुमाथि निगरानी, नियन्त्रण र निषेध गर्नको लागि राज्यस्तरबाट विभिन्न तहमा सर्वपक्षीय नागरिक खबर्दारी सभा गठन गरि कृयाशील गराउने र आवश्यकता अनुसार हस्तक्षेप समेत गर्ने-गराउने ।
१८. भ्रष्टाचारी, बलात्कारी र कर/राजस्व छली/ठगी गर्नेहरुलाई कसूरको प्रकृति हेरी मृत्युदण्ड सम्मको व्यवस्था गर्ने !
१९. सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानवीन आयोगका काम-कार्वाहीहरु न्याय, शान्ती र अग्रगमनलाई आधार मानी एक बर्षभित्रमा टुङ्गाउने ।
२०. आधारभूत वर्गका जनतालाई आधारभूत आवश्यकता पूर्तिका लागि एक परिवार एक रोजगारीको व्यवस्था अनिवार्य गर्ने, रोजगारीविहीन र भत्ता-पेन्सनपट्टा विहीन परिवारलाई प्रतिपरिवार कम्तीमा मासिक पाँच हजारको दरले राहत दिने !
२१. स्वदेसमै रोजगारी- स्वरोजगारीलाई प्रोत्साहन गर्दै वैदेसिक रोजगारीप्रतिको आकर्षण कम गराउने ।
२२. राजनीतिलाई सत्य, न्याय, स्वतन्त्रता, समानता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, सिद्धान्तनिष्ठताजस्ता नैतिक र सांस्कृतिक मूल्यमान्यता आधारित बनाउन सर्वाधिक जोड गर्ने, आदि ।

आज राजा र राजतन्त्रवादीहरुले वर्तमान संसदीय गणतान्तृक व्यवस्थाका विरुद्धमा पुरानै पश्चगामी राजतन्त्रात्मक धर्मसहिष्णु केन्द्रीकृत शासन व्यवस्थाको विकल्पका लागि उधुम मच्चाइरहेको सन्दर्भमा हामी नयाँ व्यवस्थाको विकल्पमा नजाने हो भने प्रतिगमन हुने प्रबल खतरा छ । कथं यो खतरा टारिएछ भने पनि संसदीय व्यवस्थाका यसप्रकारका दुर्गुणहरुका कारण देस अकर्मण्यता, अस्थिरता, अस्तव्यस्तता र अशान्तताको लामो चक्रब्युहमा फस्ने निश्चितै छ । त्यो अवस्थामा त्यसबाट पार लगाउने बहानामा यहाँ अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको हस्तक्षेप झन् झन् बढ्ने छ ! त्यो स्थितिमा आज केही नेता-शासकहरु मात्र दलाल र दास बनिरहेको यो अर्ध औपनिवेसिक देस भोलि पूर्ण उपनिवेस बन्ने वा नेपालको नामोनिसान विश्वमानचित्रबाट मेटिने र हामी सम्पूर्ण नेपाली नागरिकहरु बाध्यताबस विदेसीहरुका राष्ट्रिय गुलाम बन्नु पर्ने दुर्भाग्यपूर्ण विडम्बना हुनेछ । त्यसैले हाललाई वैकल्पिक अन्तरिम व्यवस्थाको चयन गरी अविलम्ब अघि बढ्नु अत्यावश्यक छ । सावधानी, साहस र समर्पण भया !?




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ