जसपाले तोक्यो जनप्रदर्शन तथा विरोध कार्यक्रमका प्रमुख वक्ता

2021-01-08

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधि सभा विघटनविरुद्ध घोषित जनप्रदर्शन र विरोधका कार्यक्रमका प्रमुख वक्ता ताेकेकाे छ।

जसपाले देशका विभिन्न सहरमा जनप्रदर्शन तथा विरोधका चरणबद्ध कार्यक्रम घोषणा गरेको छ। जसअन्तर्गत पुस २५ मा विराटनगरमा डा बाबुराम भट्टराई, उपेन्द्र यादव र मृगेन्द्रसिंह यादव, धनगढीमा नवराज सुवेदी, गोविन्द चौधरी र दुर्गा सोव तथा भैरहवामा महन्थ ठाकुर, महेन्द्र राय यादव र सर्वेन्द्रनाथ शुक्लालाई प्रमुख वक्ता तोकिएको छ।

यस्तै, पुस २७ गते वीरगन्जमा उपेन्द्र यादव, लालबाबु राउत, लक्ष्मणलाल कर्ण र सुनील रोहित, नेपालगन्जमा अशोक राई, मोहम्मद इस्तियाक राई, अकवाल अहमद र अमृत अग्रहरी तथा जनकपुरमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, रेणुकुमारी यादव, वृषेशचन्द्र लाल र उमाकान्त झा तोकिएका छन्।

जसपाले पुस २९ गते पोखरा, सुर्खेत र बिर्तामोड, माघ ३ गते धरान, मलंगवा, सिरहा, कलैया, तौलिहवा र रौतहट तथा ७ गते सबै जिल्लाका सदरमुकामलगायत प्रमुख सहरमा जनप्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ