संसद विघटनविरुद्ध अनेरास्ववियुद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

2021-01-05

काठमाडौं - संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–माधव) निकट अनेरास्ववियुले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मलेन गर्दै अनेरास्ववियुले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

घोषणा गरिएका कार्यक्रमहरुमा ओली सरकारका मन्त्रीहरुलाई कालोझण्डा देखाउनेदेखि, लालटिन जुलुस, लाठी जुलुस, प्रधानमन्त्रीको पुत्ला दहनलगायत रहेका छन् ।

त्यस्तै ज्ञापनपत्र बुझाउने, सडक बहस र बयलगाडा प्रदर्शन समेत आन्दोनलका कार्यक्रम तय गरिएको अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले जानकारी दिएका छन् ।

उनका अनुसार पौष २१ गतेदेखि ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, २१ गते नै प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र कोणसभा गर्ने,पौष २२ गते उपत्यकामा लाल्टिन जुलुस् र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन, सिट्ठी र लाठी जुलुस गर्ने तथा २३ गते ( देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन र २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना दिने कार्यक्रम छ ।

त्यसैगरी पौष २५ गते (असंवैधानिक कदम विरुद्ध सडक वहस कार्यक्रम, २६ गते बयलगाडा प्रदर्शन,२७ गते प्रतिगमनबिरुद्ध सडक कविता गीत र गजल कार्यक्रम गर्ने कार्यक्रम अनेरास्ववियुले सार्वजनिक गरेको छ ।

पौष २८ गते ( सडक नाटक र सडक आर्ट ( स्ट्रिट वाल पेन्टिङ र २९ गते सडकमा प्ले कार्ड सहित कार्टून प्रदर्शनका कार्यक्रम तय गरिएको अनेरास्ववियुले जारी गरेका विज्ञप्तिमा उल्लखे छ । तेस्रो चरणको कार्यक्रम माघ १ गते सार्वजनिक गर्ने समेत सो संगठनले जनाएको छ ।

शैक्षिक कार्यक्रममा संघीय संसदबाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी लिपुलेक र लिम्पियाधुरासहितको नक्सामा भएको भुमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न सङ्घर्ष गर्ने पनि अनेरास्ववियुले जनाएको छ । त्यसैगरी कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्यौलता तत्काल अन्त्य गर्न दवावमुलुक कार्यक्रम सञ्चालन गर्ने

र कोभिड १९ का कारण अवरुद्ध परीक्षा तत्काल शुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरी ढङ्गले लिइएको शुल्क खारेज गर्न आन्दोलन गर्ने अनेरास्ववियुको तयारी छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ