शनिबार काठमाडौंका कार्यकर्ताको भेला गर्दै ओली समूह

2020-12-31

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली समूहले काठमाडौंमा कार्यकर्ता भेला गर्ने भएको छ। शनिबार काठमाडौंका कार्यकर्ताहरूको भेला राखिएको ओली पक्षले जानकारी दिएको छ।

भेला काठमाडौंको प्रज्ञा भवनमा तय गरिएको हो। काठमाडौं जिल्ला कमिटीको भेलालाई प्रधानमन्त्री एवं अध्यक्ष ओलीले समेत सम्बोधन गर्नेछन्। यस्तै रामबहादुर थापा बादल, ईश्वर पोखरेल र कृष्ण गोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको काठमाडौं कमिटीले जानकारी दिएको छ।

बुधबार मात्र ओली पक्षले कार्की ब्यांकेटमा सुदूरपश्चिमका नेता-कार्यकर्ताहरूको भेला गरेको थियो। भेलामा लेखराज भट्ट र प्रधानमन्त्री ओलीलगायतले सम्बोधन गरेका थिए।

प्रतिनिधिसभा विघटनपछि दुई भागमा विभाजन भएको नेकपाका दुवै पक्षले कार्यकर्ता भेलालाई तीव्रता दिएका छन्। पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले भने सडक संघर्षका कार्यक्रमसमेत गर्दै आएको छ। प्रचण्ड-माधव समूहले प्रतिनिधिसभा विघटनलाई प्रतिगामी कदमका रूपमा अर्थ्याउँदै तत्काल पुनर्स्थापना गरिनुपर्ने बताउँदै आएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ