नेपाल आइपुग्यो चिनियाँ टोली, किन मानेनन् प्रहरी सुरक्षा लिन ?

2020-12-27

काठमाडौं - नेपालमा प्रतिनिधिसभा विघटन र सत्तारुढ नेकपामा विभाजनको नजिक पुगेको बेला चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझोउले नेतृत्व गरेको प्रतिनिधिमण्डल काठमाडौं आएको छ।

एयर चाइनाको जहाजबाट आइतबार दिउँसो साढे १ बजे उक्त टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। विमानस्थल उत्रिँदा चिनियाँ टोलीका सदस्यहरुले कोरोनाबाट सुरक्षित रहन पिपिई लगाएका थिए।

अर्कोतर्फ नेपालमा रहँदा उनीहरुलाई सुरक्षा दिन भनेर प्रहरी प्रधान कार्यालयकै निर्देशनमा प्रहरीको एक टोली नै परिचालन गरेको थियो। सोहीअनुसार नेपाल प्रहरीको एक टोली विमानस्थलसम्म पुगेको थियो।

तर चिनियाँ टोलीले भने नेपाल प्रहरीको सुरक्षा नलिई विमानस्थलबाट बाहिरिएका थिए। एक सुरक्षा अधिकारीले भने, ‘नेपाल प्रहरीले सुरक्षा दिने भनेर सोहीअनुसार तयारी भएको थियो। तर उहाँहरुले सुरक्षा नचाहिने बताउनु भएकाले हामीले सुरक्षा नदिइएको हो।’

चिनियाँ टोलीले नेपाल प्रहरीको सुरुक्षा नलिनुको पछाडि सूचना चुहावटको कारण हुनसक्ने प्रहरी अधिकारीले विश्लेषण गरेका छन्। काठमाडौं उत्रेपछि चिनियाँ टोली सिधै बालुवाटारस्थित चिनियाँ दूतावास गएको थियो। हालसम्म चिनयाँ टोलीले कुनै पनि नेपाली नेतालाई भेट गरेका छैनन्।

नेकपा विभाजनको कारण खोतल्ने र राजनीतिक स्थिरताका सम्भावना खोज्ने उद्देश्यले राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर हतारमा चिनियाँ टोली काठमाडौं उत्रिएको हो।

बेइजिङबाट सिचुवानको चेङ्दु हुँदै काठमाडौं आइपुगेको पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री येझोउ नेतृत्वको चिनियाँ टोलीमा विभागका निर्देशकसहित ४ जना रहेका छन्।

चिनियाँ टोलीले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा नेकपाको अर्को समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यो भेटको शृंखला राष्ट्रपति विद्यादेवी भण्डारीसम्म पुग्ने अनुमान गरिएको छ।

यसअघि येझोउ ०७४ फागुनमा पनि नेपाल आएका थिए। त्यसको तीन महिनापछि तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ