सन्दर्भ माओ दिवस : "माओलाई म यसरी सम्झन चाहन्छु"

2020-12-26

Image may contain: 1 person
लेखक नारायण शर्मा नेकपाका नेता हुन्।

आज डिसेम्बर २६, कमरेड माओत्सेतुङको जन्मदिन ! चिनियाँ आकाशमा एक लाल सूर्य उदाएको दिन ! त्यसैले सर्वप्रथमत:, यो दिनमा म यी लाल सूर्यको हार्दिक स्मरण र दर्शन गरी स्वागत, श्रद्धा र सलामी गर्न चाहन्छु !

द्वितीयत:, उहाँले गर्नु भएका चिनियाँ नयाँ जनवादी क्रान्ती र महान् सर्वहारा सांस्कृतिक क्रान्तीलगायतका महान् क्रान्तिहरुको मूल्य र महत्ता एवं औचित्य र आवश्यकताको मर्मबोध गर्न चाहन्छु !

तृतीयत:, माओले आफ्नो देस, जनता, क्रान्ती र मुक्तिका अतिरिक्त विश्वसर्वहारा वर्गका लागि विश्वपुँजीवादका विरुद्ध विश्वक्रान्ती र विश्वका उत्पीडित राष्ट्रहरुको लागि विश्वसाम्राज्यवादका विरुद्ध विश्वमुक्तिका निम्ति गर्नुभएका दुख-कष्ट, युद्ध-संघर्ष, त्याग-तपस्या र बलिदान-योगदानको मुक्तकण्ठले हार्दिक सराहना गर्न चाहन्छु ।

चतुर्थत:, उहाँका केही रचनाहरु, महावाणीहरु र जीवनदर्शनहरु जो अहिलेको हाम्रो पार्टी र आन्दोलनका सन्दर्भमा सान्दर्भिक र मननीय छन्, तिनलाई याद गर्न चाहन्छु । ती हुन् - हुनान किसान आन्दोलनको रिपोर्ट, चिनियाँ समाजमा वर्गहरुको विश्लेषण, नयाँजनवादबारे, दीर्घकालीन जनयुद्धबारे, अन्तर्विरोधबारे, व्यवहारवादबारे, जनताको सेवा गर, सत्यानास भयो त के भो ? धेरै राम्रो भयो, तीन खराबी र पाँच खराबीबारे, अनुशासनका तीन नियम र ध्यानदिनुपर्ने आठ कुराहरु, तीन गर तीन नगर, बेसरी समात र सादा जीवन उच्च विचार तथा कडा संघर्ष र कठोर परिश्रमको जीवनदर्शन आदि । यसैगरी गृहयुद्ध, जापानी साम्राज्यवाद विरुद्धको युद्ध, त्यसक्रममा च्याङ्काइसेकसँगको संयुक्त मोर्चा, अफीमयुद्ध, लङ्गमार्च र महान् सर्वहारा सांस्कृतिक क्रान्ती र यी सबैको क्रममा भएका रस्साकस्सी, दुखकष्ट र क्षति-उपलब्धिहरुको समेत स्मरण र अनुभूतीकरण गर्न चाहन्छु !

पंचमत:, माओको यो सर्वाधिक महत्वको भनाइ कि "विचारधारा र राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ । यदी यो सही छ भने नभएका सबै कुराहरु प्राप्त हुन्छन् तर जब यो गलत छ भने भएजतिका सबै कुराहरु गुम्छन्" भन्ने महान् बाणीको सत्यता, गहनता र महत्तालाई अवलम्बन र कार्यान्वयन गर्नुपर्ने अनि यसको पुष्टि नेपाली माओवादी आन्दोलनका क्रममा पनि भएकोलाई स्मरण गर्दै गराउँदै यसमा अन्तर्निहित सार, औचित्य र आवश्यकताको सम्बन्धित सबैले बोध गर्न-गराउन सकियोस् भन्न चाहन्छु ।

षष्टमत: नेतृत्व अर्थात् एउटा मात्र शीर्ष व्यक्तित्व सही वा गलत हुनुले पनि कति धेरै मात्रात्मक र गुणात्मक अन्तर पर्दो रहेछ सिङ्गो पार्टी, क्रान्ती, देस, जनता(वर्ग) र विश्वलाई भन्ने कुरा नेपालको माओवादी नेतृत्वका सन्दर्भमा लागू भएको कुरा समेत सम्बन्धित सबैलाई हृदयङ्गम होस् भन्न चाहन्छु ।

सप्तमत:, माओले मार्क्सवादका तीन संघटक अङ्ग- दर्शन, राजनीतिक अर्थशास्त्र र बैज्ञानिक समाजवादका क्षेत्रमा गर्नु भएका वैचारिक र व्यावहारिक, राजनीतिक र फौजी, आर्थिक र सांस्कृतिक, सांगठनिक र भावनात्मक, विनिर्माणात्मक र सिर्जनात्मक अर्थात् समग्रमा शोषित र उत्पीडित जनता र राष्ट्रहरुको क्रान्ती र मुक्ति एवं प्रगती र उन्नतिका क्षेत्रमा गर्नु भएका योगदानहरुको स्वच्छ, सत्य र निष्पक्ष मूल्याङ्कन होस् र माओवादको रुपमा संश्लेषण होस् अनि तिनलाई विश्वका कम्युनिस्ट क्रान्तिकारीहरुबाट पार्टी र क्रान्तिको सन्दर्भमा मात्र होइन, जीवन र जगतका सन्दर्भमा समेत अवलम्बन र कार्यान्वयन गरियोस् भन्न चाहन्छु ।

अष्टमत:, माओको नाम र सिद्धान्त माओवाद/विचारलाई भजाएर भ्रष्टाचार गरी भूंडी भर्ने, भजन गरेर भोजन गर्ने, विक्री गरेर बार्गेनिङ गर्ने, बहानाबाजी गरेर बदनाम गर्ने काम महा आपराधिक, महा कृतघ्नी, महा जाली, महा दुष्ट र महा निकृष्ट काम हुने हुंदा यसो नगर्न नेपाली माओवादी जनयुद्धको थालनीको निर्णयकर्ता एक नेताका हैसियतले सम्बन्धित सबैलाई हार्दिक अनुरोधसहित सुझाव र दवाव दिंदै आवश्यक परे खबर्दारी र हस्तक्षेप समेत गर्ने प्रतिबद्धता र कटिबद्धता पनि जाहेर गर्न चाहन्छु ।

हार्दिक श्रद्धाञ्जली महान् नेता कमरेड माओ !




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ