2020-12-25 |
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
विस्तारित मन्त्रिपरिषदमा श्रममन्त्रीको जिम्मेवारी प्रभु साहलाई दिइएको छ। यस्तै पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिने तयारी गरिएको छ।
यस्तै टोप बहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तय भएको मणि थापाले जानकारी दिए। तर मन्त्रालयको जिम्मेवारी हेरफेर हुन सक्ने उनको भनाइ छ।
'प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। साँझ साढे ६ बजे सपथका लागि तयारी गर्न खबर आएको छ,' थापाले भने।
मन्त्री हुने सबै पूर्वमाओवादी हुन्।
यसैबीच प्रधानमन्त्री ओली साँझ ६ बजेका लागि डाकिएको मन्त्रिपरिषद् बैठक दुई घन्टा पर सारेका छन्। नयाँ मन्त्रीहरूलाई पनि बैठकमा सहभागी गराउन बैठक ८ बजेका लागि सारिएको बालुवाटार स्रोतले जानकारी दियो।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...