बादलनिकट सबै केन्द्रिय सदस्य प्रचण्ड कित्तामा, बादल एक्लै ओलीतिर

दोस्रो वरियता पाउने भएपछी उनि ओलितिर लागेका हुन्

2020-12-24

काठमाडौं - बादलनिकट ३८ केन्द्रीय सदस्यमध्ये ३७ जना प्रचण्ड कित्तामा उभिएका छन् । बादल एक्लै ओलीतिर गएका छन्। ओलीले दोस्रो वरियता दिने भएपछि बादलले प्रचण्डलाई छाडेका हुन्। प्रचण्ड– नेपाल कित्तामा छैटौं पोजिसन हुने भएपछि बादल दोस्रो पोजिसनका लागि ओली कित्तामा उभिने भएका हुन।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा‘बादल’का राजनीतिक सल्लाहकार सूर्यप्रकाश सुवेदी‘पथिक’ पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कित्तामा उभिएका छन्। बादल अर्का अध्यक्ष केपी ओलीतिर गए पनि उनका राजनीतिक सल्लाहकार भने प्रचण्डतिर गएका हुन्।

‘पथिक कमरेड प्रचण्ड–नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुनुहुन्छ। बादल कमरेड उपस्थित हुनुहुन्न’ प्रचण्ड सचिवालय स्रोतले भन्यो ‘अब बादलसँग कुनै केन्द्रीय सदस्य नजाने भए। उहाँ मात्रै जाने हुनुभयो ।’

गत मंगलबार प्रचण्ड–नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी ‘सोनाम’ अनुपस्थित भएका थिए। यसलाई उनी ओली कित्तामा उभिएको भनेर प्रचण्डनिकट नेताहरुले चर्चा गरेका थिए । तर, सोनाम दुवै पक्षको भेलामा अनुपस्थित भएका थिए। उनी बिहीबार प्रचण्ड–नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुने केन्द्रीय सदस्य दिपेन्द्र पुन‘सिजल’ले बताए । सोनामले यसअघि दुवै पक्षको बैठक बहिस्कार गरे पनि आज बैठकमा उपस्थित हुने पुनको दाबी छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ