संसद विघटनविरुद्ध तीन दलले संयुक्त प्रतिवाद गर्ने

2020-12-21

काठमाडौं– संसद विघटनविरुद्ध तीन दलले संयुक्त धारणा तय गरी प्रतिवाद गर्ने भएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा), कांग्रेस र जनता समाजवादीको आइतबार बसेको बैठकले सरकारको निर्णयविरुद्ध संयुक्त प्रतिवाद गर्ने निर्णय गरेको हो। ‘संसद विघटन गर्ने घटनाले मुलुकलाई गम्भीर संकटतिर धकेलेको छ।’ बैठकमा सहभागी कांग्रेस नेता रिजालले भने, ‘सशक्त रुपमा प्रतिवाद गर्न साझा धारणा बनाउने निर्णय भएको छ।’

बैठकमा सत्तारूढ दल नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ सहभागी थिए।

कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, डा मिनेन्द्र रिजाल र बालकृष्ण खाँण सहभागी थिए। जनता समाजवादी पार्टीबाट डा बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी थिए।

कांग्रेसले तीन दलको बैठक सोमबार अपराह्नका लागि बोलाएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ