लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नक्सा भएको सिक्का छापिंदै

2020-12-14

काठमाडौं - नेपाल राष्ट्र बैंकले लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नक्सा अंकित एक र दुई रुपैयाँको सिक्का छाप्नका लागि बल्ल बोलकबोलका लागि आवश्यक प्रकृया अगाडि बढाएको छ। गत भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले एक र दुई रुपैयाँको सिक्का टकमरी गरी चलन चल्तीमा ल्याउन नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको थियो।

प्रचलनमा ल्याइने सिक्काको मेटेरियल अहिले चलन चल्तिमा भएका सिक्काकै जस्तो हुनेछ। यस सिक्कामा लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा थप हुनेछ। एक रुपैयाँको सिक्का ३० करोड वटा र दुई रुपैयाँको दरका १० करोड वटा छाप्ने तयारी भएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलले जानकारी दिए।

अहिलेसम्म बोलकबोल भने खुला गरिएको छैन। नेपालमै सिक्का छाप्ने मेसिन भए पनि धेरै संख्यामा छाप्नु पर्दा विदेश पठाउने गरिएको छ। टक्सार विभागले टकमरी, चादीका सिक्का छाप्ने गरेको भए पनि यो सिक्का धेरै संख्यामा भएकाले नेपालमा भन्दा विदेशमा छाप्दा सस्तो पर्ने पोखरेलले बताए। उनले भने 'यसका लागि आउटसोर्सिङको तयारी हुँदैछ।'

नेपाल सरकारले लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नयाँ नक्का सार्वजनिक गरेसँगै चिनोको रुपमा सिक्का पनि छाप्ने तयारी गरेको हो। पछिल्लो समय सिक्काको प्रचलन घट्दै गैरहेको छ। यस्ता सिक्का छाप्न महंगो पर्ने तथा व्यवस्थापन गर्न पनि गाह्रो हुने भएकाले राष्ट्र बैंकले सिक्का छपाइमा खासै महत्व दिने गरेको छैन।

डिजिटल कारोबारलाई जोड दिँदै आएको राष्ट्र बैंकले मुद्राको प्रयोगलाई कम गराउदै लैजाने रणनीति लिएको छ। कागजी नोटको प्रचलन अधिक भए पनि सिक्काको प्रयोग कम हुँदै गएको पोखरेल बताउछन्। तर सरकारले चिनोका लागि भन्दै यति धेरै परिणाममा सिक्का छाप्ने निर्देशन दिएपछि सिक्का जारी गर्ने तयारी भएको हो।

धातुका सिक्काको दुरुपयोग तथा अन्य क्षेत्रमा प्रयोग हुन थाले पछि राष्ट्र बैंकले कडाइ गर्दै आएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ