केपी ओलीकै कारण सडकमा ‘राजा आउ देश बचाउ’ को नारा लाग्यो : देउवा

2020-12-14

काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारबाट जनता दिक्क भएको बताएका छन् । उनले सरकारका गलत कार्यशैलीका कारण काँग्रेस आन्दोलनमा होमिनुपरेको बताए । उनले लोकतन्त्रको रक्षाका निम्ती काँग्रेसले देशभर प्रदर्शन गरेको पनि बताए । सोमबार मकवानपुरको हेटौंडामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले अहिले कम्युनिस्ट सरकार र त्यसका प्रधानमन्त्री केपी ओलीको रवैयाका कारण सडकमा ‘राजा आउ देश बचाउ’ भन्ने नारा लागेको समेत बताए ।

‘अहिले राजा आउ देश बचाउ भन्दै सडकमा हिँडेको देखिन्छ । यो किन भयो ? यो पनि कम्युनिस्ट सरकार र ओलीकै कारण भएको हो’, पूर्व प्रधानमन्त्री समेत रहेका देउवाको भनाई छ । उनले कम्युनिस्टहरुले एकदलीय सर्वसत्तावादी शासन लागू गरेको भन्दै कोरोनाको औषधी उपचार गर्नुपर्ने सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।

उनले कोरोनामा पनि घुस खाने काम सरकारका जिम्मेवजार व्यक्तिहरुले गरेको तथा हत्या र बलात्कारमा संलग्नहरुलाई कारवाही गर्नुको साटो सरकारले नै संरक्षण गरेको बताए । ‘कञ्चनपुरकी बालिकाको बलात्कार गर्नेलाई पक्राउ गरेको छैन । पार्टीको संलग्नता छैन भने किन वलात्कारीलाई यो सरकारले पक्रेन ?’ देउवाले प्रश्न गरे । उनले आफुले चुनावताका कम्युनिस्टले जिते रुन पनि नपाइने भनेको प्रसंग कोट्याउदै अहिले त्यसवेलाको भनाई प्रमाणित भएको दावी गरे ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ