सन्दर्भ भ्रष्टाचार दिवस : भ्रस्टाचार के हो र कसरी निर्मूल गर्ने ?

2020-12-10

लेखक : नारायण शर्मा

आज ९ डिसेम्बर ! अन्तर्राष्ट्रिय भ्रस्टाचार विरुद्धको दिवस ! संयुक्त राष्ट्र संघको महासभाले भ्रस्टाचारको भयावहताको बोध र विरोधको लागि तय गरेको विशेष अर्थ र महत्वको दिन !

त्यसैले यससन्दर्भमा सर्वप्रथम भ्रष्टाचार के हो भनेर चिन्नु जरुरी छ ! कुनै चिजलाई के हो, कस्तो हो, किन हो र कसरी हो भन्ने कुरा त्यसको अर्थ, परिभाषा र परीक्षण गरेर स्पष्ट रुपमा चिनिसकेपछी मात्र त्यसबारे के कस्तो धारणा बनाउने र त्यसप्रती के कस्तो व्यवहार किन गर्ने भन्ने निष्कर्षमा पुग्नु नै सचेत मानिसले अवलम्बन गर्ने सही विचार, बाटो, विधि र व्यवहार हो !

- भ्रष्टाचार भ्रष्ट चिन्तनको परिणाम हो !
- भ्रष्टाचार भ्रष्ट व्यवहार, आचरण र कृयाकलापको फल हो !
- भ्रष्टाचार गलत व्यवस्था, विधिविधान, नीतिनियमको नियती हो ।
- भ्रस्टाचार नीच नेता र स्वार्थी शासकहरुको कुविचार, कुनियत र कुकार्यजन्य शासन-प्रशासनको उपज हो !
- भ्रष्टाचार जनता र जनतन्त्रविरोधी, राष्ट्र र राष्ट्रियताविरोधी, विकास र समृद्धी विरोधी गतिविधी हो !
- भ्रष्टाचार एउटा सर्वाधिक संदिग्ध सोंच, शैली, संस्कार र संस्कृतिको सृजन हो !
- भ्रष्टाचार एक अनैतिक, अनियमित, अवान्छित, असभ्य, अपारदर्शी र असह्य अपराध हो !
- भ्रष्टाचार एक महाकुकृत्य हो, महा अपराध हो र महापाप हो !
तसर्थ यो अनिवार्यत: निच्च, तुच्छ र निन्दनीय मात्र होइन, त्याज्य र दण्डनीय समेत छ !
अब प्रश्न छ कि यसलाई कसरी निगरानी, निरुपण, नियन्त्रण, निवारण र निर्मूलन गर्न सकिन्छ त ?
- सदविचार र सदआचार, सही सिद्धान्त र सही व्यवहार, सादा शैली र सरल संस्कार तथा सर्वोच्च सभ्यता र समृद्ध संस्कृति अवलम्बन र अनुशीलन गरेर ।
- नैसर्गिक नीति, नियम, न्याय, नैतिकता र निर्देशनको प्राप्ती र पालना गरेर !
- शास्त्र र सिद्धान्तहरुको अध्ययन, समाज र संस्कारको अनुगमन, साहित्य र संस्कृतिको अनुसन्धान तथा सभ्यता र स्वच्छताको अवलम्बन गरेर !
- उन्नत समाज, उत्कृष्ट संस्कार, उत्तम सभ्यता र उपयुक्त सिस्टमको स्थापना, परिपालना र विकास-विस्तारमा जोड दिने शिक्षा-दीक्षा, शासन-प्रशासन, नीति-नियम, ऐन-कानून, विधी-विधान, संहिता-संविधान, आचार-संस्कार र पद्धति-प्रणालीको अनुकरण, अनुशरण र अनुशासन अवलम्बन गरे-गराएर ।
- निष्ठा-आस्था, लक्ष-उद्देस्य, ध्येय-आदर्श, नीति-नैतिकता जस्ता अमूल्य मूल्य-मान्यता र विचार-सिद्धान्तको अवलम्बन, संरक्षण र संबर्द्धनको औचित्य, महत्व र आवश्यकता बोध गरे-गराएर ।
- सुशिक्षा र श्लील साहित्य र सही सिद्धान्त स्वच्छ राजनीतिको माध्यमबाट सुन्दर समाज र सर्वोत्कृष्ट संस्कृती स्थापना गर्नको लागि दुख, कष्ट, त्याग, तपस्या र बलिदानका कीर्तिमानहरु कायम गरेर !
- समाजमा भ्रष्टलाई बाइ बाइ र स्वच्छलाई हाइ हाइ गर्ने संस्कार बसाएर !
- समाजिक योद्धा-अभियन्ता, राजनीतिक नेता-कार्यकर्ता र राज्यका शासक-प्रशासक आदि सार्वजनिक जीवनका व्यक्तित्व-नेतृत्वहरुले आफ्ना चिन्तन र चरित्रमा रुपान्तरण र पुन:संस्कार गरेर जीवन-व्यवहारमै सरलता, स्वच्छता, सदाचारिता, पारदर्शिता अवलम्बन गरेर !
- समाज र राज्यले भ्रष्टाचारप्रती शून्य सहनशीलताको र भ्रष्टाचारीलाई निर्मम कार्वाहीको नीति र कृती लागू गरेर !

 

लेखक नारायण शर्मा नेकपाका 'पुस्तकालय तथा अभिलेख विभाग'का प्रमुख हुन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ