फ्रान्समा चर्कियो हिंसात्मक प्रदर्शन, दर्जनौं सवारीसाधनमा आगजनी

2020-12-06

पेरिस - फ्रान्समा विवादास्पद सुरक्षा कानुन मस्यौदाको विरोधमा जारी प्रदर्शन हिंसात्मक भएको छ। राजधानी पेरिसमा प्रदर्शनकारीले दर्जनौं सवारीसाधनमा आगजनी तथा पसल तोडफोड गरेपछि प्रहरीले टियर ग्यास प्रहार गरेको छ।

उक्त कानुनका विरोधमा शनिबार फ्रान्सभर करिब १ सय प्रदर्शन भएका थिए। प्रहरीले २२ प्रदर्शनकारीलाई हिरासतमा लिएको छ। गलत उद्धेश्य भएका प्रहरीको फोटो खिच्नु गैरकानुनी हुने गरी तयार पारिएको उक्त कानुनको विरोधमा देशव्यापी प्रदर्शन भएको हो।

उक्त कानुन प्रेस स्वतन्त्रताविरोधी भएको भन्दै आलोचना पनि भइरहेको छ। कानुन उल्लंघन गर्नेलाई १ वर्ष जेल र ५४ हजार डलरसम्म जरिवानाको प्रस्ताव गरिएको छ।

फ्रान्समा एक सातादेखि देशव्यापी आन्दोलन भइरहेको छ। तीन गोरा प्रहरीले एक काला जातिका म्युजिक प्रोड्युसरलाई दुव्र्यवहार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रदर्शन अझ चर्किएको छ।

आन्दोलन चर्किएपछि गत साता राष्ट्रपति इम्यानुअल म्याक्रोंले कानुन पुनः लेखन गरिने जनाएका थिए। उनले हिंसात्मक रुपमा उत्रने प्रहरीलाई कारबाही आवश्यक रहेको बताएका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ