"अनायका विनश्यन्ति, नश्यन्ति बहुनायका ": नारायण शर्मा

2020-12-01

हाम्रो प्राचीन पूर्वीय साहित्यमा रहेको माथि शीर्षासीन पदावली/वाक्यको अर्थ स्पष्टै छ कि नेता हुँदै नभएर पनि हुँदैन, नासै हुन्छ; धेरै भएर त झन् हुँदैन, सर्वनासै हुन्छ ! तसर्थ प्रमुख नेता एउटै हुनुपर्दछ !

यस्तै मालेमासम्मत एउटा अर्को भनाइ पनि छ, जो यससन्दर्भमा सान्दर्भिक छ : "प्रतिकृयावादीहरु तबसम्म लड्छन्, जबसम्म उनीहरु स्वयं ध्वस्त हुँदैनन् !"

राजनीतिक संघर्षका नाममा आज नेपालमा नेकपाभित्र भैरहेको यो संघर्षमा माथिका संश्लेषणहरु लागू हुने देखिंदैछ ! हुन पनि जनता र देसको क्रान्ति, मुक्ति, प्रगति र समृद्धि अनि न्याय, समानता, स्वतन्त्रता र स्वाभिमानको दुहाई दिंदै, समाजवाद-साम्यवादको डङ्का पिट्दै र जन आन्दोलन, वर्गसंघर्ष र जनयुद्धको भट्टी- नौटङ्कीका बिचबाट प्रोडक्ट-बाइप्रोडक्टका रुपमा आएका हालका नायक-खलनायकहरु बीचको यो लडाइँ सारमा दुई चरम भ्रष्ट व्यक्ती र शक्ति (गुट, स्वार्थसमूह) बीचको टकराव हो अथवा भनौं युद्धसरदारहरु बीचको लडाइँ हो ! यी नेता/सरदारहरु आपसमा लडेर अन्ततः आफू स्वयं, आफ्नै गुट (स्वार्थसमूह), आफ्नो सिङ्गो पार्टी, शोषित-पीडित जनताको क्रान्ति तथा स्वतन्त्र र स्वाभिमानी देसलाई समेत अस्तव्यस्त र त्रस्त पार्दै आखिरमा आएर विभाजन, विघटन र विसर्जन नगरी अर्थात् सम्पूर्ण रुपले ध्वस्त नपारी-नभई छोड्दैनन् जस्तो छ !

त्यसैले यिनबाट जोगिने-जोगाउने हो भने हामी सच्चा इमान्दार, स्वच्छ, देसभक्त र क्रान्तिकारी नेता, कार्यकर्ता र जनताले यी नेता र यिनका गुटका प्रतिवेदन र प्रत्युत्तरका आरोप-प्रत्यारोपले भरिएका विचार र राजनीतिका शब्दजाल, वाकपटुता, तर्कवितर्क-कुतर्क, उडन्ते सपना र कोरा कल्पनाका तिलस्मी भ्रमजालहरुबाट आफूहरुलाई सम्पूर्ण रुपले मुक्त गर्दै सचेत र सामूहिक रुपमा प्रतिबद्ध र कटिबद्ध भएर योजनाबद्ध ढङ्गले पार्टीभित्र र बाहिर यी नेता, गुट र यिनका चिन्तन र चरित्रदेखि विचार- राजनीति र आचार-संस्कृतिसम्ममा देखिएका विचलन, विकृती र विसङ्गति विरुद्ध विषम विरोध, विष्फोट र विद्रोह नै ल्याउने गरी जोडदार संघर्ष चलाउनु पर्छ र एकता-संघर्ष-रुपान्तरको प्रकृयाबाट गुज्रेर नयाँ आधारमा अर्थात् नयाँ नीति र नेतृत्वमा नयाँ एकता गरी पार्टीलाई सुदृढ, सबल र क्रान्तिकारी बनाएर मात्रै पार्टी एकतालाई बचाउनु पर्छ !

यदी कसैगरेपनि नेताहरु रुपान्तरण नभएर फेरिपनि लेनदेनमा सम्झौता भै एकता बचाएको बहानाबाजी गरेमा त्यो जनता, देस र क्रान्तिलाई धोका हुनेछ !यसैगरी सम्झौता पनि नगरेर पार्टी विभाजन नै गरेमा/भएमा पनि हामीले यी दुई गुटमध्ये कुनै एक रोज्ने होइन, बरु इमान्दार र देसभक्त कम्युनिस्ट क्रान्तिकारीहरुको अर्को तेस्रो धारको धारिलो संगठन बनाउनुपर्ने हुन्छ । तत्पश्चात् सरकार, सदन, संगठन र सडकको सशक्त र आवश्यक परे सशस्त्र बलमा क्रान्तिलाई पूरा गर्नु पर्दछ । यसरी हामीले एउटा सच्चा क्रान्तिकारी कम्युनिस्ट हुनुका नाताले र त्यस्ता सदस्यहरुको मालेमावादी पार्टीका हैसियतले क्रान्तिका लक्ष-उद्देश्य र देस र जनताका सपना-जपना पूरा गर्नुपर्दछ !

अन्यथा नीति-सिद्धान्त र नैतिकता-स्वच्छता नभएका र नियत नै खराब भएका यस्ता नेता एउटै भए पनि वा दुइटै भएपनी अथवा जति धेरै भएपनि र तिनका जेजस्ता नामका पार्टी /गुट बनेपनि तिनले सर्वनास नै गर्दछन् ! तसर्थ नेताहरु असल नियतका सही नीति र स्वच्छ मतिका हुनुपर्दछ भने ती धेरै नेताहरुमध्ये एउटा मात्र प्रमुख नेता हुनु-गराउनु पर्दछ भन्ने शीर्षस्थ नीतिश्लोकको मर्मलाई आत्मसात् गरेर हामी सच्चा कम्युनिस्टहरु अघि बढ्नु अहिलेको ठोस आवश्यकता र अपरिहार्य दायित्व हो ।

 

लेखक नारायण शर्मा नेकपाका 'पुस्तकालय तथा अभिलेख विभाग'का प्रमुख हुन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ