पुनःस्थापना र पुनः निर्माणमा प्राधिकरणका उपलब्धिबारे वेविनार हुने

2020-11-27

काठमाडौं - भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा प्राधिकरणले हासिल गरेका उपलब्धिहरुबारे अन्तरक्रिया तथा अभिलेख गर्न वेवमा आधारित सेमिनार (वेविनार) आयोजना गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार गर्न लागेको आफ्ना संस्थागत पत्र (कम्पेण्डियम) को तयारीको सिलसिलामा तयार गरिएको प्रारम्भिक खाकाबारे छलफल गर्न र मुख्य सरोकारवाला, विज्ञ तथा अभ्यासकर्ताबाट सुझाव तथा टिप्पणी प्राप्त गर्न कार्यक्रमको आयोजना गरिएको हो ।

प्राधिकरणले संस्थागत स्मृति स्थापित गर्ने सिलसिलामा पुनःनिर्माणका पाँच वर्षका अनुभव तथा सिकाइ समेटेर विभिन्न सात वटा विषयगत क्षेत्रमा कम्पेण्डियम तयार गरिरहेको छ । यी विषयगत अध्यायलाई वृहत् छलफल तथा परामर्शबाट टुङ्ग्याउने उद्देश्यसहित छलफल आयोजना गरिएको प्राधिकरण कार्यकारी समिति सदस्य एवं प्रस्तावित अन्तर्राष्ट्रिय सम्मेलनका संयोजक डा.चन्द्रबहादुर श्रेठले जानकारी दिए । उनका अनुसार विभिन्न विषयगत अध्याय तयार गर्न प्राधिकरणका अधिकारी एवं विज्ञ संलग्न रहेका कार्यसमूह गठन गरिएको थियो ।

प्राधिकरणले निजी आवास पुनःनिर्माण, सार्वजनिक भवन तथा पूर्वाधार, सांस्कृतिक सम्पदा, जीविकोपार्जन तथा आर्थिक विकास, उद्धार तथा राहत र सुशासन एवं संस्थागत प्रबन्ध गरी ६ वटा विषयगत क्षेत्रमा संस्थागत पत्र तयार गरिरहेको छ । थप एउटा पत्र प्राधिकरणको लगानीबाट आर्थिक, सामाजिक प्रभाव अध्ययन गरिन लागेकाले सोको अध्ययन गर्ने ढाँचाको सम्बन्धमा प्रस्तुतीकरण गरी सो सम्बन्धमा समेत सुझाव संकलन गरिनेछ ।

वेविनारको उद्घाटन शुक्रबार हुनेछ । पहिलो दिन निजी आवास, सांस्कृतिक सम्पदा र सार्वजनिक भवन तथा पूर्वाधार गरी तीनवटा विषयगत अध्यायमा प्रस्तुतीकरण र छलफल हुनेछ भने दोस्रो दिन बाँकी तीनवटा विषयगत अध्यायमा छलफल हुनेछ । वेविनारमा विभिन्न विकास साझेदार संस्थाका अधिकारी एवं प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय विज्ञहरु, विज्ञ तथा अभ्यासकर्ताहरु, नागरिक समाज तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुलगायतका उपस्थिति हुने डा.श्रेठले जानकारी दिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ