सरकारले वार्तालाई षड्यन्त्रको रुपमा नलिए छलफलमा बस्न तयार छौं: विप्लव

2020-11-25

काठमाडौं - प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले वार्ताबाट समस्या समाधान चाहे आफूहरू तयार रहेको बताएका छन्। पार्टी पुनर्गठनको मिति मंसिर ८ का सन्दर्भमा 'इरातोखबर डट कम' मा दिएको अन्तर्वार्तामा उनले वार्तालाई षड्यन्त्रको रुपमा नलिए आफूहरू तयार रहेको बताए।

‘हामीले वार्ताको विषयमा स्पष्ट भनिसकेका छौं। हामीले पहिले पनि भनेको हो। हाम्रो पार्टी बन्ने बेलामै हाम्रो कुरा सुन भनेर भनेको होइन र, रत्नपार्कमा? हाम्रो यो पार्टी पुनर्गठन गर्ने बेलामा पनि हामीले भनेको हो। प्रचण्डजीसँग विद्रोह गर्दाखेरी पनि हामीले भनेको हो। तपाईं जता जानुस्, राज्यले हाम्रा कुरा सुन्नुपर्छ। जनयुद्धको कुरा सुन्नुपर्छ। किसान, मजदुर,महिला दलित उत्पीडित जनताका कुरा सुन्नुपर्छ’, उनले भने, 'अहिले हामी यहीँ छौं, हाम्रो कुरा सुन्नुस् भनेर हामीले भनेको होइन र? सुन भनेको हामी कुरा गर्न तयार छौं भनेको हो नि। हामीले पार्टी पुनर्गठन गर्दा र महाधिवेशनका बेलामा पनि त्यही भन्यौं। प्रतिरोध संघर्ष सुरु गर्दा पनि त्यही भन्यौं। आज पनि हामी त्यही भन्दैछौं।'

आफूहरुले कुनै व्यक्तिगत वा परिवारको कुरा नउठाएको बताउँदै चन्दले जनताको कुरा उठाएको दाबी गरे। ‘जनता कहाँ असन्तुष्ट छन्? जनतालाई कहाँ अन्याय भएको छ? नेपाल कहाँ ठगिएको छ? कुरा सुन्नुपर्‍यो नि!', उनले भने।

'कस्तो कानुन लेखेपछि जनता खुसी हुन्छन्, कस्तो काम गर्ने सरकारसँग जनता खुसी हुन्छन? कस्तो अर्थ नीति अपनाएपछि जनताले सुख पाउँछन्? हामी सबै भन्छौं’ चन्दले भने, ‘यस्तो भन्दा हामीलाई वार्ताकै पक्षमा छैनन् भन्छन्। कसरी कुरा मिल्यो?'

प्रतिबन्धपछि पनि राज्य पक्ष आफ्ना विभिन्न नेताहरुसँग वार्ता गरिदिन आग्रह गरेको उनले बताए। ‘यदि चाहेका हुन् भने राज्यले बोल्नुपर्‍यो नि', उनले भने, ‘तर, राज्य सिके राउत जस्तो बनाउने रे भन्ने सुन्छु। सिके राउत त सिके राउत मात्रै हुन सक्छन्। नेकपा त्यस्तो हुँदैन। कसैले दिल्ली लगेर वार्ता गराउन चाहला, त्यो प्रचण्ड-बाबुराम मात्रै हुनसक्छन्। नेकपा त्यो हुँदैन।'

उनले वार्तालाई षडयन्त्रको रुपमा लिने कुरा आफूहरुलाई मान्य नहुने बताए। अहिलेको सत्तामा घुमाउने र पसाउने कुरा पनि आफूहरुलाई लागू नहुने बताए।

छलफलका लागि आफूहरु खुला रहेको उनले बताए। वार्ता नै गर्न चाहेको भए नेपाली जनता र राष्ट्रिय स्वाधिनतालाई केन्द्रमा राखेर हुनुपर्ने उनले बताए।

गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो पार्टीलाई भूमिगत भनेकोमा उनले असन्तुष्टि जनाए। 'भूमिगत भनेर हामीले भनेकै छैनौं। हामी त जनलोकप्रिय पार्टी हौं। जनताको बीचमा बसेर काम गरिरहेका छौं। भूमिगत पार्टी हिजो पञ्चायतका बेलाको बाध्यताको शब्द हो। अहिले यत्रो प्रतिस्पर्धामा हामी आइरहेका छौं। हामी त एकदम तयार छौं। राज्य ल खुला छ, हामी त खुलामञ्चमै आउन तयार छौं भनेर हामीले भनिरहेका छौं। यो शब्द जुन उनले प्रयोग गरे, त्यो आतंकित शब्द हो', उनले भने।

तर सरकारका प्रवक्ता पार्वत गुरुङले विप्लव नेतृत्वको नेकपाले वार्ताका लागि औपचारिक प्रस्ताव ल्याए बस्न तयार रहेको बताए। ‘सरकार सबै खालका द्वन्द्वको अन्त्य गरी शान्ति र समृद्धि चाहन्छ। सरकार कहिल्यै वार्ता विरोध भएन, हुन पनि चाहँदैन। हामी समस्याको समाधान वार्ताबाटै होस् भन्ने चाहन्छौ’, गुरुङले भने, ‘यसअघि पनि सरकारले वार्ता टोली बनाएर पहल गरेको हो। उहाँहरु वार्तामा बसेर समस्या समाधान गर्न चाहनुभएन। यदि उहाँहरुले साँच्चिकै वार्ता चाहेको हो भने वार्ताको टेबुलमा बस्न तयार छौं।’

सरकारले विप्लव नेतृत्वको नेकपाले हिंसात्मक क्रियाकलाप गरेको भन्दै गत २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धपछि उनीहरुले खुला रुपमा कार्यक्रम गर्न नपाएपछि भूमिगत रुपमा गर्दै आएका छन्। हाल प्रतिबन्धित नेकपाका एक हजार ५ सयभन्दा धेरै नेता कार्यकर्ता पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ।

 

 

नेपाल लाइभले समाचार लेखेको छ




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ