यी हुन् कोरोनाको निःशुल्क उपचार गर्ने देशभरका ७४ वटा अस्पताल

2020-11-24

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ७४ वटा सूचीकृत अस्पताल तथा स्वास्थ्य संस्थाबाट कोरोना संक्रमितको निःशुल्क उपचार हुन्छ।

कोरोना भाइरसको संक्रमण नेपालमा देखिएपछि सबै संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले गत कात्तिक ३ गतेदेखि भने शुल्क लिने निर्णय गरेको थियो। तर सरकारको उक्त निर्णयको चौतर्फी विवाद भएपछि सरकारले निःशुल्क उपचारको परिभाषालाई प्रष्ट पारेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ का लक्षण र चिह्न भएका संक्रमितले सूचीकृत अस्पतालबाट निःशुल्क उपचार पाउने छन्। विगतमा सरकारले कोरोना भाइरसको लक्षण तथा चिह्न नभएका संक्रमितको समेत निःशुल्क उपचार गर्दै आएको थियो।

तर, पछिल्लो पटक भने सरकारले कोभिड–१९ का लक्षण र चिह्न भएका संक्रमितको सरकारी प्रयोगशालामा परीक्षण र निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। संक्रमितको कोरोना बिमा भएको खण्डमा भने परीक्षण र उपचार शुल्क बिमा रकमबाट व्यहोरिने निर्णय पनि सरकारले गरेको छ।

सरकारले सरकारी अस्पतालमा निःशुल्क भनेका कारण उक्त निर्णयपछि निःशुल्क उपचार दिने अस्पतालका विषयमा धेरैमा अन्योल सिर्जना भएको छ। स्वास्थ्य मन्त्रालयले केही निजी र सामुदायिक संस्थासँग सम्झौता गरेर सेवा दिइरहेका कारण ती संस्थामा पनि निःशुल्क उपचार हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि उठेको छ।

स्वास्थ्यखबरले देशभर अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने हो भनेर स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीलाई सोधेको छ। डा अधिकारीका अनुसार मन्त्रालयले कोरोना उपचारका लागि भनेर सूचीकृत गरेका ७४ वटा अस्पतालमा लक्षण र चिह्न भएका संक्रमितले निःशुल्क उपचार पाउने जानकारी दिए।

‘७४ वटा सूचीकृत अस्पतालमा सरकारी, निजी, सामुदायिक तथा मेडिकल कलेज समेत छन्,’ उनले भने, ‘मन्त्रालयले सूचीकृत गरेका सबै कोभिड अस्पताल हाललाई सरकारी हुन् भन्ने महसुस गरी सबैमा निःशुल्क गर्ने निर्णय गरेको छ।’

कुन प्रदेशमा कति?
मन्त्रालयले सूचीकृत गरेको कोभिड अस्पतालका संख्या बागमती प्रदेशमा ३७ वटा छन्। प्रदेश १ मा ३, प्रदेश २ मा ५, गण्डकी प्रदेशमा ४ वटा अस्पताललाई कोभिड अस्पताल बनाइएको छ।

त्यसैगरी, लुम्बिनी प्रदेशमा ९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १३ वटा अस्पताललाई कोभिड अस्पतालका रुपमा सूचीकृत गरिएको छ।

मन्त्रालयले यी अस्पतालमा उपचार भएको बिरामीको संख्याका आधारमा रकम उपलब्ध गराउने छ। मन्त्रालयले समान्य लक्षण भई अस्पताल भर्ना भएका बिरामीको उपचार गरेवापत ३ हजार ५००, मध्यम जटिल बिरामीको उपचार गरेवापत ७ हजार र जटिल र क्रिटिकल बिरामीको उपचार गरेवापत १५ हजार उपचार शुल्क उपलब्ध गराउने निर्णय यसअघि नै गरिसकेको छ।

यी हुन् ७४ सूचीकृत कोभिड–१९ अस्पताल
बागमती प्रदेश
१. आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर
२. काठमाडौं मेडिकल कलेज, दुवाकोट
३. बयोधा अस्पताल, बल्खु
४. कोरोना अस्थायी अस्पताल ( भरतपुर अस्पताल ), चितवन
५. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
६. पाटन अस्पताल
७. नेपाल आर्म्ड पुलिस फोर्स अस्पताल
८. भरतपुर अस्पताल
९. श्री वीरेन्द्र अस्पताल
१०. न्याम्स/वीर अस्पताल
११. नेपाल प्रहरी अस्पताल
१२. त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज
१३. धुलिखेल अस्पताल, धुलिखेल
१४. चितवन मेडिकल कलेज, भरतपुर
१५. कलेज अफ मेडिकल साइन्सेज, भरतपुर
१६. मेघा अस्पताल, ललितपुर
१७. कान्तिपुर अस्पताल प्रा.लि सुविधानगर, काठमाडौं
१८. जनमैत्री अस्पताल, बालाजु, काठमाडौं
१९. केडीसी जेनरल अस्पताल, काठमाडौं
२०. सर्वाङ्ग स्वास्थ्य सदन अस्पताल, कुपण्डोल, ललितपुर
२१. शीर मेमोरियल एड्भेन्टीस अस्पताल
२२. परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल
२३. राष्ट्रिय ट्रमा सेन्टर
२४. मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर
२५. शहिद गंगालाल अस्पताल
२६. सिभिल अस्पताल
२७. नरदेवी आयुर्वेद अस्पताल
२८. मुलपानी अस्पताल
२९. कान्ति बाल अस्पताल
३०. भक्तपुर अस्पताल
३१. शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र
३२. मानसिक अस्पताल
३३. गौतम बुद्ध इन्टरनेशनल कार्डिक अस्पताल
३४. नेपाल कोरियामैत्री अस्पताल
३५. काठमाडौं भ्याली अस्पताल, सुन्धारा
३६. करुणाअस्पताल प्रा.लि गोल्फुटार, काठमाडौं
३७. गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर, ललितपुर

प्रदेश १
३८. अस्थायी कोभिड अस्पताल (कोशी अस्पताल ), विराटनगर
३९. बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
४०. विराट मेडिकल कलेज शिक्षण अस्पताल, मोरङ

प्रदेश २
४१. जानकी अस्पताल
४२. नारायणी अस्पताल
४३. नेशनल मेडिकल कलेज, वीरगञ्ज
४४. जनकपुर अस्पताल
४५. गजेन्द्र नारायण सिंह अस्पताल

गण्डकी प्रदेश
४६. बाग्लुङ अस्पताल
४७. अस्थायी कोभिड अस्पताल आइसोलेसन वार्ड (पोखरा एकेडेमी अफ हेल्थ साइन्स), पोखरा
४८. पोखरा एकेडेमी अफ हेल्थ साइन्स
४९. जिपी कोइराला राष्ट्रिय श्वासप्रस्वास उपचार केन्द्र, तनहुँ

लुम्बिनी प्रदेश
५०. राप्ती एकेडेमी अफ हेल्थ साइन्स
५१. राप्ती प्रादेशिक अस्पताल
५२. अस्थायी कोभिड अस्पताल, लुम्बिनी
५३. भिम अस्पताल, भैरहवा
५४. नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर
५५. भेरी अस्पताल, नेपालगञ्ज
५६. लुम्बिनी अस्पताल, बुटवल
५७. देवदह मेडिकल कलेज एण्ड रिसर्च सेन्टर, रुपन्देही
५८. लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ अस्पताल

कर्णाली प्रदेश
५९. अस्थायी कोभिड अस्पताल, सुर्खेत अस्पताल
६०. कर्णाली एकेडेमी अफ हेल्थ साइन्स
६१. सुर्खेत अस्पताल

सुदूरपश्चिम प्रदेश
६२. सेती प्रादेशिक अस्पताल, कैलाली
६३. डडेल्धुरा अस्पताल, डडेल्धुरा
६४. टिकापुर अस्पताल, कैलाली
६५. महाकाली अस्पताल, कन्चनपुर
६६. अछाम अस्पताल
६७. डोटी अस्पताल सिलगडी डाेटी
६८. बझाङ अस्पताल , चैनपुर बझाङ
६९. बाजुर अस्पताल,मार्तडी बाजुरा
७०. दार्चुला अस्पताल, दार्चुला
७१. जोगबुढा अस्पताल, डडेल्धुरा
७२. गोकुलेश्वर अस्पताल गोकुलेश्वर
७३. मालाखेती अस्पताल, कैलाली
७४. बैतडी अस्पताल, बैतडी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ