प्रधानमन्त्री ओलीले भने : प्रधानमन्त्री र सभामुख पद भागबन्डा भएको हो

2020-11-08

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अर्का अध्यक्षसँग आधा-आधा स्वीकार्न जरुरी नभएपनि त्यसो गरेको बताएका छन्। एपी १ टेलिभिजनसँगको कुराकानीमा उनले आफूलाई प्रधानमन्त्री पाएको बदलामा तत्कालीन माओवादी केन्द्रले सभामुख पाएको बताएका छन्।

उनले भने, ‘शक्ति सन्तुलन र बाँडफाँड तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच समुचित रुपमा भएको थियो। प्रधानमन्त्री एउटाले लिने र अर्काले सभामुख लिने भनिएको थियो। मैले नै उदारताका साथ आधा–आधा समय चलाउन सकिन्छ भनेको हुँ।’ यही क्रममा राष्ट्रपति र उपराष्ट्रपति आदि पनि मिलाइएको उनको भनाइ थियो।

प्रचण्ड आफैंले उक्त जिम्मेवारी फिर्ता गरेको बताए। पार्टी एकताकै विषयमा मिलेका यी कुरामाथि वखेडा प्रचण्डले झिकेको उनले बताए। यसैगरी आफूले राष्ट्रियताका पक्षमा अडान लिइरहँदा त्यसले आफ्नै पार्टीका अरु नेतालाई समस्या परेको आरोप लगाए। भने, ‘मैले गुमेको भूमि फिर्ता लिन प्रयास गरिरहेको छु। अरु होइन, मेरै पार्टीका नेताहरुलाई समस्या परेको छ। भूमि फिर्ता ल्याइहाल्छ कि भन्ने डर छ।’

आफूले पार्टी फोड्छु भनेर भ्रम फैलाएको अरोप पनि उनले लगाए। पार्टी फुटाउने होइन, एकता आजको आवश्यकता भएको उनको भनाइ थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ