दिपेशको निर्देशनमा 'आकाशैको' बोलको गित सार्वजनिक हुँदै

2020-11-07

काठमाडौँ - चर्चित गायक बिश्व नेपाली र अस्मिता परियारको स्वर रहेको 'आकाशै को' बोलको गीतको भिडियो रिलिज गर्ने तयारी गरिएको छ । हालै उक्त भिडियोको पोस्टर सार्बजनिक गरिएको छ । आनन्द राईको संगीत रहेको गीतमा डा. राजु बाबु श्रेष्ठको शब्द र गोपाल रसाईलीको संगीत संयोजन रहेको छ । भिडियो कार्तिक २४ गते ट्री इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत रिलिज गरिनेछ । अस्मिताको यो दोस्रो गीत हो । केहि समय अघि उनको स्वरमा 'कुन शुरुवात' बोलको गीत सार्बजनिक गरिएको थियो ।

दिपेश सापकोटाले निर्देशन गरेको भिडियोमा रोचक जोशी र मुना गौचनको अभिनय देख्न सकिन्छ । रोचकको यो डेब्यु भिडियो हो ।कानुन विषयमा स्नातक गरेका रोचक हाल एभरेस्ष्ट फिल्म एकेडेमीमा फिल्म अध्ययन गरिरहेका छन् । त्यस्तै 'फेस अफ क्लासिक डायमंड २०१७' विजेता मुनाले केहि समय अघि 'रंग लगाया तुने' बोलको हिन्दि गीतको भिडियोमा पनि अभिनय गरेकी थिईन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ