फिफाले पोग्बाको सम्झौता रकम छानबिन गर्ने

2017-05-11

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फिडफिल्डर पाउल पोग्बासँग गरिएको आबद्ध सम्झौताबारे छानबिन गर्ने भएको छ । गत सिजन पोग्बा ८९.३ मिलियन पाउन्ड (११ अर्ब रुपैयाँ) मा इटालियन क्लब युभेन्टसबाट इंग्ल्यान्ड आएका थिए । फिफाले आबद्ध हुँदा गरिएको सबै सम्झौताको कागजात उपलब्ध गराउन म्यानचेस्टर युनाइटेडलाई निर्र्देशन दिएको छ । साथै, पोग्बाका एजेन्ट मिनो राइओलाले लिएको ४१ मिलियन पाउन्डको सम्झौताको कागजात उपलब्ध गराउन भनेको छ ।

जर्मन पत्रकारको खुलासा
जर्मन पत्रकार डेर स्पेइगेलले पोग्बाको सम्झौताको वास्तविक रकम लुकाएको भन्दै लामो अनुसन्धान रिपोर्ट सार्वजनिक गरेपछि फिफाले सम्झौता रकममा चासो देखाएको हो । फिफाका प्रवक्ता सुनील गुलाटीले म्यानचेस्टरसँग कागजात मागिएको पुष्टि गर्दै भने, ‘फिफाको ट्रान्स्फर प्रक्रियाअनुसार सम्झौता भएको छ वा छैन भन्ने विषयमा हामीले अनुसन्धान अघि बढाएको छौँ । त्यसका लागि आवश्यक कागजात मागिएको छ ।’ म्यानचेस्टर युनाइटेडका प्रवक्ताले पनि फिफाले अनुसन्धान थालेको पुष्टि गरेको छ । म्यानचेस्टरको प्रवक्ताको ट्विटर ह्यान्डलमा भनिएको छ, ‘सम्झौताका विषयमा हामी केही भन्दैनौँ, तर फिफाले गत अगस्टमा भएको सम्झौताको कागजात माग गरेको सत्य हो ।’

सिजनमा पोग्बा
खेल: ४८
गोल: ७
एसिस्ट: ५
ट्याकल: ८८

सम्झौता रकम किस्ताबन्दीमा
यद्यपि, म्यानचेस्टरले पोग्बासँग सम्झौता भएलगत्तै फिफालाई कागजात पठाएको थियो । तर, सम्झौतामा बाहेक १६.३९ मिलियन पाउन्डको कारोबार भएको सार्वजनिक भएपछि फिफाले सबै कागजात मगाएको हो । साथै पोग्बासँग पाँच वर्षको किस्तामा रकम दिने सम्झौता भए पनि म्यानचेस्टरले एकैपटक रकम दिने सम्झौता भएको भनी भूmटो विवरण दिएको जर्मन पत्रकारले दाबी गरेका छन् । मिडियाले सम्झौता रकम लुकाइएको तथ्य सार्वजनिक गरेपछि कागजात माग गरेको फिफाले कुन विषयमा छानबिन गर्ने सार्वजनिक गरेको छैन । २४ वर्षीय पोग्बाले आफ्नो खेल जीवन भने म्यानचेस्टरबाटै सुरु गरेका थिए । म्यानचेस्टरका लागि तीन खेल खेलेपछि पोग्बा सन् २०१२ मा युभेन्टसमा आबद्ध भए । सन् २०१२ देखि ०१६ सम्म युभेन्टसले सिरी एको उपाधि जित्दा पोग्बाले प्रभावशाली प्रदर्शन गरेका थिए । फ्रान्सको राष्ट्रिय टोलीमा २०१३ मा डेब्यु गरेकै दिन पोग्बाले गोल गरेका थिए । आफ्नो २०औँ जन्मदिनमा डेब्यु गर्दा पोग्बाले विश्वकप छनोटमा जर्जियाविरुद्ध गोल गरे । सन् २०१४ को विश्वकप फुटबलमा फ्रेन्च राष्ट्रिय टोलीमा रहेका पोग्बाले युवा खेलाडीको अवार्ड जितेका थिए । गत वर्ष युरोकपमा समेत उत्कृष्ट प्रशर्दन गरेसँगै पोग्बा म्याचेस्टरमा आबद्ध भएका थिए ।

पोग्बाको कमाइ (पाउन्डमा)
न्यूनतम तलब: ८.६१ मिलियन
प्रतिहप्ता तलब: १६५,५८८
इमेज राइट्स: २.८७ मिलियन
जम्मा: ११.४८ मिलियन




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ