युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु

2020-09-26

काठमाडौं - युक्रेनमा एक सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको हो ।

मृतक अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको युक्रेनका अधिकारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसी आपत्कालीन मन्त्रालयका अधिकारीले विमानमा २८ जना रहेको बताएका छन् ।

दुर्घटनामा दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ । बेपत्ता चार जनाको खोजी भइरहेको स्थानीय अधिकारीले बताएका छन् ।

दुर्घटनापछि विमानमा आगो लागेको थियो । विमान दुर्घटनाको कारण खुलेको छैन ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ