पत्रकार महासंघ दाङमा थपियो पुरस्कार कोष

2020-09-21

देउखुरी समाचारदाता
देउखुरी, अशौज । नेपाल पत्रकार महासंघम दाङमा थप एकवटा पुरस्कार अक्षकोष थपिएको छ । गत बर्ष मोटर साइकल दुर्घटनाबाट मृत्यु भएका लमही नगरपालिका १ कौडीयाका दिपक भट्टराईको सम्झनामा परिवारको तर्फबाट एकलाख रुपियाँको अक्षयकोष स्थापना गरिएको स्वर्गिय भट्टराइको पिता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ का सल्हाकार चन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

छोराको सडक दुर्घटनामा मृत्य्ु भएका कारण विशेषगरी सडक दुर्घटना न्युनिकरण सम्बन्धि कलम चलाउने पत्रकारलाई अक्षयकोषबाट प्राप्त व्याजबाट पुरस्कृत गर्ने उदेश्यले एकलाख रुपियाँको चेक महासंघकी उपाध्यक्ष लिला शाहालाई हस्तान्तरण गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी प्रदेश कमिटिका सल्हाकार चन्द्रप्रसाद शर्मा भट्टराइको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रिय सदस्य नारायणी शर्माको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि शर्माले भट्टराई परिवारबाट सामाजिक सेवामा पु¥याएको योगदानको चर्चा गर्दै जनयुद्धको समयमा उहाँहरुको योदान अतुलनिय रहेको बताउनुभयो । उहाँले भन्नुभयो,जनयुद्धको समयमा परिवारबाट ठूलो भूमिका रह्ेयो पछिल्लो पटक पनि समाज सेवाकै निरन्तरता स्वरुप अक्षयकोष स्थापना गर्नु सकरात्मक पक्ष हो । यस्तै केन्द्रिय सदस्य शर्माले मृत्यु् संस्कारमा गरिने आनावश्यक खर्चलाई कटाएर सामाजिक क्रियाकलापमा लगाउन सके त्यसले सकरात्मक परिणाम दिने बताउनुभयो ।

No description available.

यस्तै कार्यक्रममा प्रदेश साँसद रेवतीरमण शर्माले अक्षयकोष पुरस्कार कोष स्थापना गर्ने कार्यबाट परिवारका सदस्यको निरन्तर सम्झना भइरहने पुरस्कृत हुनेलाई थप हौसला बढने विश्वास व्यक्त गर्नुभयो । सडक दुर्घटनामा कसैको ज्यान नगुमोस भनेरै परिवारबाट अन्य सचेतनाका कामहरु गर्दा अझ प्रभावकारी हुने भनाइ उहाँको थियो । यस्तै साँसद शर्माले मृत्यु शंस्कार, बार्षिकीमा गरिने आनावपश्यक खर्च कटाएर सामाजिक क्षेत्रमा लगाउने प्रचलन विस्तारै बढेको जानकारी दिनुभयो ।

No description available.कार्यक्रममा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष लिला शाहले पत्रकार महासंघ प्रति विश्वास गरेर अक्षयकोष स्थापना गरेको भन्दै भट्टराई परिवारलाई धन्यवाद ज्ञापन गर्दै अक्षयकोषको उच्च सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रम स्थानीय बुद्धिजीवी शोभाकर आचार्य लगायतले मनतव्य व्यक्त गर्नुभएको थियो । स्वगिय भट्टराइका दाजु विष्णु शर्मा भट्टराइको स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रममा प्रदेश साँसद सरस्वती गौतम, लमही नगरपालिका प्रमुख कुलवहादुर केसी, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमही नगर इन्चार्ज अमर कुवंर,सह इन्चार्ज नारायण छम्पाली,नगर सचिव विक्रान्त ज्ञवाली, नेकपाका नेता विरवहादुर केसी,ओमप्रकाश सुवेदी, शोभा घिमिरे लगायतको सहभागिता रहेको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ