आइपिएलमा दिल्लीको विजयी सुरुवात, पञ्जाबविरुद्ध रोमान्चक जित

2020-09-21

काठमाडौं - दिल्ली क्यापिटल्सले इडियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा दिल्लीले किंग्स इलाभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १५८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। अन्तिम ओभरमा पञ्जाबलाई जितका लागि १३ रन चाहिएको थियो। क्रिजमा थिए मयंक अग्रवाल। अन्तिम ओभरको सुरुवाती तीन बलमा छक्का, दुई र चौका प्रहार गर्दै मयंकले दिल्लीको स्कोरसँग बराबरी गरे। अब पञ्जाबलाई जितको लागि ३ बलमा १ रन आवश्यक थियो।

तर त्यसपछिका बलमा कुनै रन नबनाएका मयंक १९.५ ओभरमा आउट भए। लगतै अन्तिम बलमा पनि क्रिस जोर्डन आउट भएपछि खेल सुपर ओभरमा गयो। पञ्जाबका लागि मयंकले ८९ रन बनाए। बलिङतर्फ रविचन्द्रन अश्विन, मार्कस स्टोइनिस र कागिसो रबडाले समान २–२ विकेट लिए।

सुपर ओभलमा दिल्ललाई पञ्जाबले ३ रनको लक्ष्य दियो। कप्तान केएल राहुलले दुई बनाए। रबडाको बलमा त्यसपछि राहुलसँगै निकोलस पुरन आउट भए। सुपर ओभरको तेस्रो बलमा रिषभ पन्तले २ रन बटुल्दै दिल्लीलाई जित दिलाएका हुन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले खराब सुरुवात गर्दै ८ विकेटको क्षतिमा १५७ रन बनाएको थियो। दिल्लीको लागि मार्कस स्टाइनिसले विष्फोटक ब्याटिङ गर्दै २१ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ५३ रन बनाएका थिए। त्यस्तै, कप्तान श्रेयस ऐयरले ३९ रन बनाउँदा रिषभ पन्तले ३१ रन बनाएका थिए। बलिङतर्फ मोहम्मद सामीले ३ र सेल्डन कट्रेलले २ विकेट लिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ