पेरिसडाँडामा बसेको नेकपा सचिवालयले तय गर्‍यो ४ कार्यसूची

2020-09-20

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक समापन भएको छ। पेरिसडाँडामा ११ बजेदेखि बसेको बैठक ३ बजे समापन भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पहिलोपटक पार्टी कार्यालय पेरिसडाँडामा बसेको हो।

स्थायी कमिटीका निर्णयलाई कार्यान्वयन गर्न सचिवालय बैठक बसेको हो। बैठकमा ४ कार्यसूचीबारे छलफल भएको पार्टीका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले जानकारी दिए।

'मन्त्रिपरिषद् पुनर्गठनका विषयमा विभिन्न कोणबाट छलफल भएको छ। पुनर्गठनका सन्दर्भमा विभिन्न कोणबाट नीतिगत रूपमा सुझाव दिएको छ। व्यक्तिको नामबारे छलफल भएका छैन,' उनले भने। चार कार्यसूची तय भएपनि पहिलो कार्यसूचीबारे मात्र थप छलफल भएको उनले जानकारी दिए।

यस्तै संवैधानिक राजनीतिक नियुक्ति गर्न आधार तय गर्न कार्यसूची तय गरेको समेत उनले बताए। यसका साथै एकीकरणका बाँकी कामका विषयमा पनि कार्यसूची तय भएको उनले बताए। यस्तै संगठन र विभागका निर्णयबारे पनि कार्यसूची तय भएको उनले बताए।

संवैधानिक पदमा रिक्त रहेका पदहरुका विषयमा समेत सचिवालय बैठकमा छलफल हुने अर्का सचिवालय सदस्यले बताए। अहिले अख्तियारलगायत महत्वपूर्ण निकायमा ४२ पद रिक्त छन्।

बैठक सोमबार पनि पेसिसडाँडामा नै दिउँसो १ बजे बस्नेछ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ