वासिंटन डिसीमा फिल्म महोत्सव, करिब दर्जन नेपाली फिल्म देखाइने

2017-05-07

 शुक्रबारदेखि अमेरिकाको राजधानी वासिङ्टन डिसीमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ सुरु हुने भएको छ। महोत्सवमा नेपाली पानारोमाअन्तर्गत नेपाल र नेपाली परिवेशमा बनाइएका नेपाली तथा विदेशी निर्देशकले बनाएका नेपाली फिल्महरुको प्रदर्शन हुनेछन्। अन्तर्राष्ट्रिय पानोरामातर्फ भने अन्तर्राष्ट्रिय फिल्महरु देखाइने छन्। महोत्सवको उद्घाटन दीपक रौनियार निर्देशित फिल्म ‘सेतो सूर्य’बाट हुनेछ भने चलचित्र महोत्सवको समापन मीन भाम निर्देशित कालो पोथी बाट गरिने छ।
 
महोत्वसमा विभिन्न समयका उत्कृष्ट ठहरिएका नेपाली फिल्महरु जस्तैः नवीन सुब्बा निर्देशित ‘नुमाफुङ’, छिरिङ रितार शेर्पा निर्देशित ‘मुकुण्डो’ ‘लुकिङ ब्याक नेपाल सेक्सन’ शीर्षकअन्तर्गत देखाउन लागिएको फेस्टिभलका निर्देशक पूर्णसिंहले जानकारी दिए। नेपाली पानोरामाअन्तर्गत भने राजन कठायतको ‘शेरढाक’, सुवर्ण थापाको ‘सुनगाभा’, देवकी विष्टको ‘इन सर्च अफ देवकी’, अम्बिका जोशीको ‘टासिज टरबाइन’, गणेश पाण्डेको ‘भाग्यले बाँचेकाहरु’ र किरण मरहट्टाको ‘जर्नी टु वार्सा’ प्रदर्शन हुने उनको भनाइ छ।
 
त्यस्तै, सुसन ग्लोथको उर्मिला, एण्डी कोकरुमको ‘शेर्पा स्टु’, जशवन्तदेव श्रेष्ठको ‘मुस्ताङ’, डोरिया ब्रामान्टे र मार्कस वेनफरदरको ‘द रेप्mजी अफ सांग्रिला’ अन्तर्राष्ट्रिय पानारोमातर्फ प्रदर्शन हुनेछन्।
 
साथै सर्ट फिल्महरुको सेक्सनतर्फ भने विभुषण बस्नेत र पूजा गुरुङको ‘दद्या’, सुसन प्रजापतिको ‘लाज’, सन स्मलको ‘एकर्स अफ डायमण्ड’, राजेन्द्र ठकुराठीको ‘माई क्ल्याइरे’ प्रदर्शन हुनेछन्।
 
ग्लोब पिस फिल्म फेस्टिबलको सहयोगमा ‘द डिर्पोटेसन अफ इनोसेन्स’ र ‘एक सूर्य के तले’ पनि प्रदर्शन हुने जनाइएको छ।
 
अमेरिकामा रहेका नेपाली समुदाय तथा फिल्मसँग सम्बन्धित बिभिन्न संघ संस्थाको सहयोगमा हुन लागेको महोत्सवमा नेपालका ख्यातिप्राप्त निर्देशक नवीन सुब्बा जुरी प्रमुखका रुपमा सहभागी हुनेछन्। अन्य जुरी सदस्यमा ग्लोबल पीस फिल्म फेस्टिभलकी नीना स्ट्रिच र इरानका निर्देशक फ्रेड बोजोर्गमेहर तोकिएका छन्।
 
महोत्सवका क्रममा नेपाली सिनेमा र अमेरिकी नेपाली डायस्पोरा विषयक अन्तरकृयासमेत हुने निर्देशक बराइलीले बताए।
 
मानव अधिकार चलचित्र केन्द्रले संयोजन गरेको महोत्सवमा मीनबहादुर भाम, दीपक रौनियारलगायत निर्देशकहरुको सहभागिता रहनेछ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ