2020-09-18 |
काठमाडौं - जनरल इन्स्योरेन्स कम्पनीले असोज ११ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारण तर्फको ३० लाख कित्ता प्राथमिक शेयर असोज १४ गतेसम्म जारी गर्नेछ।
सर्वसाधारण तर्फको ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात् एक लाख २० हजार कित्ता कर्मचारीका लागि छुट्टयाइएको छ। त्यस्तै ५ प्रतिशत अर्थात् एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको छ। कर्मचारी र सामूहिक लगानी कोषलाई दिएर बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारण नागरिकका लागि जारी गरिएको छ।
प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धक एनआइविएल एस क्यापिटल रहेको छ। सर्वसाधारणले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन्। मेरो शेयरमा खाता हुनेले अनलाइनबाटै आवेदन दिन मिल्नेछ।
सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्।
प्राथमिक शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ। जसमा सर्वसाधारणको ३० प्रतिशत र संस्थापकको ६० प्रतिशत कायम हुनेछ।
यसअघि सार्वजनिक शेयर निष्काशन गर्ने कम्पनीहरुमा आवेदन परेको हिसाबले यस कम्पनीको प्राथमिक शेयरमा न्युनतम १० कित्ताभन्दा बढी पर्ने सम्भावना छैन। रिलायन्स लाइफले ६३ लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्दा लक्की ड्रमार्फत् १० कित्ता बाँडफाँड गरिएको थियो। कम्पनीको प्राथमिक शेयरमा ६ लाख ९ हजार जनाको आवेदन परेको थियो। त्यसैले गर्दा यसमा पनि १० कित्ताको लागि आवेदन दिए पुग्छ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...