सरकारको साउन र भदौको खर्च : १ खर्ब १६ अर्ब आम्दानि, ७० अर्ब खर्च

2020-09-18

काठमाडौं - सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो २ महिना (साउन र भदौ) मा ७० अर्ब ८७ करोड ८९ लाख रुपैयाँ बजेट खर्च गरेको छ भने १ खर्ब १६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँ बराबर राजस्व संकलन गरेको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म चालु आर्थिक वर्षका लागि कुल विनियोजित बजेटको ४ दशमलव ८१ प्रतिशत बजेट खर्च भएको देखिएको हो। यो अवधिसम्ममा सरकारको बजेट खर्चको स्थिति चालुगततर्फ कुल विनियोजित रकमको ६ दशमलव ८२ प्रतिशत अर्थात् ६४ अर्ब ६९ करोड २५ लाख, पुँजीगततर्फ कुल विनियोजित बजेटको १ दशमलव ३४ प्रतिशत अर्थात ४ अर्ब ७१ करोड ३६ लाख र वित्तीय व्यवस्थापनतर्फ कुल विनियोजित बजेटको शून्य दशमलव ९१ प्रतिशत अर्थात् १ अर्ब ५७ करोड २८ लाख रुपैयाँ बराबर खर्च भएको छ।

त्यस्तै भदौ मसान्तसम्ममा राजस्व संकलनतर्फ वार्षिक लक्ष्यको १० दशमलव ८७ प्रतिशत अर्थात् १ खर्ब १६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँ बराबर राजस्व संकलन भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजस्वतर्फ १ खर्ब १ अर्ब ५१ करोड ६७ लाख र गैर कर राजस्वतर्फ ३ अर्ब ८६ करोड ४१ लाख रुपैयाँ संकलन भएकाे छ। अन्य अनुदानका रुपमा ११ अर्ब १५ लाख ५७ लाख रुपैयाँ आएको पनि कार्यालयकाे तथ्यांकमा उल्लेख छ।

यो अवधिमा सरकारले भन्सार राजस्वतर्फबाट मात्र ४७ अर्ब ८३ करोड ५२ लाख ५६ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको छ। जुन सरकारले भदौ मसान्तसम्म राखेको भन्सार राजस्व संकलन लक्ष्यको ९४ दशमलव ३३ प्रतिशत बराबर हो।

भन्सार विभागको तथ्यांकअनुसार भन्सार महसुल शीर्षकमा २२ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ, मूल्यअभिवृद्धि करतर्फ १९ अर्ब १५ करोड ६९ लाख, अन्तःशुल्कतर्फ ४ अर्ब ९३ करोड ३३ लाख, सडक सुधार दस्तुरतर्फ ५० करोड ७७ लाख र सडक निर्माण दस्तुरतर्फ ९२ करोड १ लाख रुपैयाँ बराबर राजस्व संकलन भएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ