नेकपा स्थायी कमिटी बैठक सकियो, एमसीसी पारित गर्ने निर्णय

2020-09-11

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को असार १० देखि जारी स्थायी कमिटी बैठक सकिएको छ। शुक्रबारको बैठकपछि बालुवाटारमा उपस्थित पत्रकारहरुलाई प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक अन्त्य भएको जानकारी दिए।

बैठकले आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' द्वारा पेश गरिएको प्रस्ताव पारित गरेको छ।

प्रस्तावमाथि माधव नेपाल, झलनाथ खनाल, माधव नेपाल, रघु पन्त, लिलामणि पोखरेल, भीम रावल लगायतका १३ जनाले धारणा राखेका थिए।

सदस्यहरुले उठाएका सुझावलाई पनि समेट्ने गरी प्रस्तुत प्रस्तावहरुलाई पारित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

शुक्रबारको बैठकको प्रारम्भमै प्रधानमन्त्री केपी ओली सम्बोधन गरेका थिए। उनले प्रतिक्रियावादीले पार्टी विभाजनका लागि तयारी गरेको भए पनि बैठकले एकताबद्ध भएर जवाफ दिएको धारणा राखेका थिए।

अध्यक्षद्वयले तयार गरेको प्रस्तावमा नेपालमा विवादित बन्दै आएको एमसीसी परियोजना संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने समेत थियो। आजको स्थायी कमिटि बैठकले पारित गरे संगै एमसीसी परियोजना संसदबाट पारित हुने भएको छ।

के संसोधन गर्ने भन्ने सम्बन्धमा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ