जन्तरे मामको 'फुलै फूलको सौगात तिमीलाई' यूट्युबमा राम्रो भ्युज

2020-09-11

काठमाडौँ - मोरङका 'जन्तरे मामा'का नामले चिनिने अमित राईले गाएको पहिलो गीत 'फुलै फूलको सौगात तिमीलाई' यूट्युबमा राम्रो भ्युअर्स बटुलिरहेको छ । हालसम्म रेकर्डिङ्ग स्टुडियो समेत नदेखेका ५३ वर्षीय जन्तरे मामालाई यसै गीतका शब्द रचनाकार गोपाल चन्द्र राइले मोरङबाट काठमाडौँ झिकाएका थिए।

यसअघि यूट्युब च्यानलमा भाइरल भएका जन्तरे मामाको उपनामले चिनिने राईले आफ्नो गित रेकर्ड गराउने इच्छा ब्यक्त गरेको यूट्युब च्यानलहरुमा देखेपछि शब्द रचनाकार गोपाल चन्द्र राइले उनको इच्छा पुरा गरिदिएका छन्। जीवनको उत्तरार्धमा मामालाई यो अवसर दिलाउन पाउँदा शब्दाकार राई पनि अत्यन्तै खुशी छन्।

गाउँघरको मेलापातमा मात्रै गित गाउने कुनै औपचारीक गीत संगीतको कक्षा नलिएका मामाको स्वरले स्वरसम्राट नारायण गोपालको झल्को दिन्छ।

गीतलाई Goto Centre नामक यूट्युब च्यानलले सेप्टेम्बर ५ मा बजारमा ल्याएको हो । गीतको छायांकन पनि स्टुडियोमै गरिएको छ। गीतलाई रिलिज भएको ६ दिनमै ८ लाख भियुअर्सले हेरिसकेका छन्।

गीतमा संगीत तोरेम्पा, एरेन्ज/गितार रोशन बान्तवा, मादल/तबला/ढोलक भुवन गंदर्भ, बाँसुरी रत्न बिक, रेकर्डिस्ट मनोज राई र मिक्शिंग राजु कार्कीले गरेका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ