एउटा पनि खेल नहारी ट्रिनबागोले जित्यो चौथो पटक सिपिएलको उपाधि

2020-09-11

काठमाडौं - ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटको उपाधि चौथो पटक जितेको छ। बिहीबार राति भएको फाइनलमा सेन्ट लुसिया जुक्सलाई आठ विकेटले पराजित गर्दै ट्रिनबागोले सिपिएलको उपाधि जितेको हो।

ब्रायन लारा क्रिकेट मैदानमा भएको फाइनलमा १५५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ट्रिनबागोले १८.१ ओभरमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। ट्रिनबागोको जितमा लेन्डल सिमोन्सले विष्फोटक ब्याटिङ गरे। उनले ४९ बलमा आठ चौका र चार छक्का प्रहार गर्दै अविजित ८४ रन बनाए। त्यस्तै, डारेन ब्राभोले अविजित ५८ रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसिया जुक्सले १९.१ ओभरमा सबै विकेटको क्षतिमा १५४ रन बनाएको थियो। १० रन हुँदा रहकिम कर्नवाललाई व्यक्तिगत आठ रनमा गुमाएको सेन्ट लुसिया जुक्सका लागि आन्द्रे फ्लेट्चरले ३९, मार्क डियलले २९, नजिबउल्ला जाड्रानले २४ र रोस्टन चासले २२ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंक बटुल्न सकेनन्। बलिङतर्फ केइरोन पोलार्डले ४ ओभरमा ३० रन खर्चिदै ४ विकेट लिए। त्यस्तै, फावद अहमद र अली खानले समान २–२ विकेट लिए।

कीर्तिमानी उपाधि
ट्रिनबागोले यो संस्करणको उपाधि मात्रै जितेको छैन। कीर्तिमान पनि राखेको छ। सर्वाधिक उपाधि जितेको कीर्तिमान ट्रिनबागोको नाममा छ। यो उपाधिसँगै चार पटक ट्रफि आफ्नो पोल्टामा पारेको कीर्तिमानभन्दा पनि अर्को दुर्लभ रेकर्ड पनि ट्रिनबागोले राखेको छ। त्यो हो, कुनै खेलमा पनि पराजित नभई उपाधि जित्नु।

सिपिएल क्रिकेटमा अहिलेसम्म यस्तो दुर्लभ कीर्तिमान कायम भएको थिएन। तर २०२० को सिपिएलमा भने ट्रिनबागोले अपराजित रहँदै कीर्तिमानसहित उपाधि जित्यो। लिग चरणका १० वटै खेलमा जित निकालेको ट्रिनबागोले सेमिफाइनलमा सन्दीप लामिछाने आबद्ध जमैका तलावाजलाई ९ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। फाइनलमा पनि सेन्ट लुसिया जुक्समाथि सहज जित दर्ता गर्‍याे।

२०१३ बाट सुरु भएको सिपिएलमा ट्रिनबागोले सन् २०१५ मा पहिलो पटक उपाधि जितेको थियो। त्यसपछि २०१७, २०१८ र २०२० गरी चार पटक सिपिएलको उपाधि जित्न सफल भएको हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ