बैंकहरुले एक हप्तामै गरे ५ अर्बको ऋण लगानी

2020-09-10

काठमाडौं - वाणिज्य बैंकहरुले भदौ तेस्रो सातामा निक्षेप संकलन ६ अर्ब रुपैयाँले बढाएका छन्। त्यस्तै एक सातामै ५ अर्बले कर्जा विस्तार गरेका छन्।

कोभिड १९ को संक्रमण बढ्दै जाँदा नेपाल सरकारले लकडाउन तथा निषेधाज्ञा जारी गर्ने क्रममा बैंकहरुको निक्षेप तथा कर्जा विस्तार रोकिएको थियो। तर भदौ महिनामा कर्जा विस्तार तथा निक्षेप संकलन पुरानै लयमा फर्किएको छ।

भदौ तेस्रो सातासम्ममा बैंकहरुले ३४ खर्ब ९१ अर्ब रुपैयाँको निक्षेप संकलन गरेका छन्। भदौ एक महिनामा मात्रै बैंकहरुले १२ अर्ब रुपैयाँले निक्षेप बढाएका छन्।

त्यस्तै भदौ तेस्रो सातामा बैंकहरुले ५ अर्ब रुपैयाँले कर्जा लगानी गरेका छन्। यस अवधिमा बैंकहरुले २८ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। भदौ महिनामा मात्रै बैंकहरुले १९ अर्ब रुपैयाँले कर्जा वृद्धि गरेका छन्।

यस अवधिमा बैंकहरुले पुराना कर्जाको नवीकरण गरेका छन्। केही बैंकले ब्याजलाई पुँजीकरण गर्ने क्रममा बैंकको कर्जा लगानी बढेको देखिएको हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ