2020-09-09 |
काठमाडौं - क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटको फाइनलमा उपाधिका लागि ट्रिनबागो नाइट राइडर्स र सेन्ट लुसिया जुक्सबीच प्रतिस्पर्धा हुने भएको छ।
बुधबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा सेन्ट लुसियाले गुयाना अमेजन वारियर्सलाई १० विकेटले पराजित गर्दै फाइनलमा ट्रिनबागोसँगको भेट पक्का गरेको हो। ट्रिनबागोले भने पहिलो सेमिफाइनलमा सन्दीप लामिछाने आबद्ध टिम जमैका तलावाजलाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो।
५५ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको सेन्ट लुसियाले ४.३ ओभरमै विना विकेट लक्ष्य भेटायो। टस हारेर पहिले ब्याटिङ गरेको गुयाना अमेजन वारियर्स खराब खेल्दै ५५ रनमै समेटिएको थियो।
त्यस्तै, मंगलबार राति भएको पहिलो सेमिफाइनलमा जमैका तलावाजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १०७ रन मात्रै बनाएको थियो। १०८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो। अब सिपिएलको फाइनल खेल बिहीबार राति हुनेछ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...