अफगान सरकारसंग वार्ताका लागि तालिबान टोली कतारमा

2020-09-07

इस्लामाबाद - अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानको एक उच्चस्तरीय प्रतिनिधिमण्डल अफगान सरकारसँग वार्ताका लागि कतारको दोहा पुगको छ। नाम बताउन नचाहने एक तालिबान नेताका अनुसार तालिबान र अफगान सरकारबीच अफगानिस्तानमा दिगो शान्ति पहिल्याउन वार्ता केन्द्रित हुनेछ।

गत फेब्रुअरीमा तालिबान र संयुक्त राज्य अमेरिकाबीच दोहामा भएको सम्झौतापछि अफगान सरकार र तालिबान समूहबीच वार्ता शुरु हुन लागेको हो। तर सम्झौतामा तोकिएको मितिभन्दा ढिलो गरी दुबै पक्षबीच वार्ता हुन लागेको हो।

शनिबार अफगानिस्तानको राष्ट्रिय मेलमिलाप परिषदका प्रवक्ता फराइदून ख्वाजूनले ट्विट गर्दै अफगान सरकार तालिबानसँग प्रत्यक्ष वार्ता गर्न तयार रहेको बताएका छन्।

शनिबार नै राति ट्विट गर्दै तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबानको वार्ता टोलीमा फेरबदल गरिएको बताएका छन्। तालिबानका मुख्य न्यायाधीश अब्दुल हकिमलाई वार्ता टोलीको प्रमुखमा नियुक्त गरिएको प्रवक्ताले बताए।

यसअघि तालिबानका वार्ता टोली प्रमुखमा शेर मोहम्मद अब्बास स्टानिकजाई थिए। अब शेर मोहम्मद वार्ता टोलीको उपप्रमुख रहनु हुनेछ। यो फेरबदल सहित तालिबान वार्ता टोलीका सदस्यको संख्या २१ पुगेको छ।

गत फेब्रुअरीमा संयुक्त राज्य अमेरिकासँग सम्झौता हुनुअघि तालिबान समूहले अफगान सरकारसँग वार्ता नै नगर्ने अडान राख्दै आएको थियो। अफगान सरकारले वार्ताका लागि सरकारी र विपक्षीसमेत रहेको टोली बनाएको छ।

अमेरिकी विदेश मन्त्रालयले शनिबार नै एक वक्तव्य प्रकाशन गरी अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजाद पनि वार्ताको प्रगतिका बारेमा दुवै पक्षलाई मनाउन कतार पुग्नु भएको जनाएको छ। रासस–एपी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ