बंगलादेशको मस्जिदमा भिषण आगलागी, १२ को मृत्यु, दर्जनौं घाइते

2020-09-05

ढाका - बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ। एयर कन्डिसनरबाट भएको आगलागीको घटनामा परी डढेर अरु दर्जनौं घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन्।

उनीहरुले शनिबार बिहान दिएको जानकारीअनुसार देशको नारायणगञ्ज जिल्लामा रहेको मस्जिदमा शुक्रबार राती आगलागी भएको हो। डढेको तथा प्लाष्टिक सर्जरी सम्बन्धी केन्द्रिय कार्यालयका संयोजक समानता लाल सेनले कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

उनका अनुसार कम्तीमा ३७ जना जलेर घाइते भएका छन्। डढेर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेकामध्ये ३५ जनाको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिए। घाइतेमध्ये अधिकांश ६० देखि ७० वर्षसम्ममा रहेका छन्। स्थानीय समयानुसार शुक्रबार राती नौ बजेतिर आगलागी भएको हो।

अधिकारीहरुले ग्यास चुहावतको कारण भुईं तलामा रहेको सबै आठवटै एयर कन्डिसनरमा आगलागी भएको बताएका छन्। घटना भएको बेला मस्जिदमा झण्डै एक सय जना भक्तजनहरु प्रार्थनाका लागि आएका थिए। घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको सुरक्षाकर्मीहरुले जानकारी दिएका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ