क्लब छाड्नको मुद्दा लड्न चाहन्न, यो सिजन यहींबाटै खेल्छु : मेस्सी

2020-09-05

काठमाडौं - स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी आउँदो सिजन पनि बार्सिलोनामा नै रहने भएका छन्। क्लब छाड्न लामो संघर्षमा असफल भएपछि उन पुनः एक सिजन बार्सिलोनामा रहने भएका हुन्।

‘म अहिले सबै परिस्थितिमा खुसी छैन। म क्लब छाड्न नै चाहिरहेको थिएँ। तर मलाई कुनै पनि हालतमा क्लब छाडेर जान दिइएन। म अब बार्सिलोनामा नै रहन्छु किनभने आफू हुर्किएको क्लबसँग कुनै पनि किसिमको मुद्दा मामिला गर्न चाहन्नँ’ उनले भनेका छन्।

‘अहिले मैले जुन १० मा नै क्लबलाई आफूले छाड्न चाहेको बताउनुपर्ने थियो भनिएको छ। तर त्यो मेला हामी ला लिगामा नै प्रतिस्पर्धा गरिरहेका थियौँ। सिजन सकिएकै थिएन। अहिले पनि क्लबमा कुनै नयाँ राम्रो योजना देखिएको छैन। उनीहरु छाड्न नदिनेमा मात्र छन्’ उनले भनेका छन्।

‘मैले बार्सिलोना छाड्न चाहेको विषयमा परिवार पनि खुसी थिएन। तर म माथिल्लो स्तरमा अझ राम्रो प्रतिस्पर्धा गर्न चाहिरहेको थिएँ। उपाधिहरु जित्न चाहिरहेको थिएँ। च्याम्पियन्स लिगमा राम्रो गर्न चाहिरहेको थिएँ। मलाई लागेको थियो म छाड्न सक्नेछु। तर अध्यक्षका अनुसार ७०० मिलियन युरो बिना मैले छाड्न पाउने छैन। त्यसैले त्यो असम्भव भएकाले म क्लबमा नै रहन्छु’ उनले भनेका छन्।

‘अध्यक्ष बर्टामेउले सिजनको अन्त्यमा मैले आफ्नो भविष्यमा निर्णय गर्न पाउँछु, बस्न या छाड्न मेरो इच्छा हुनेछ भनेर पक्का गरेका थिए तर उनले आफूले गरेको वाचा बिर्सिएर मलाई निस्कन मुस्किल बनाए’, मेस्सीले भनेका छन्, ‘म आफ्नो पुरानो शैलीमा नै खेल्नेछु, फेरिने छैन। तर क्लबमा बर्टामेउको नेतृत्व राम्रो देखिएको छैन।’

आफूले क्लब छाड्न चाहेको र त्यसका लागि वातावरण बनाउन भन्दै क्लबलाई बुरोफ्याक्समार्फत जानकारी गराएको १० दिनपछि मेस्सी सार्वजनिक रुपमा बोलेका हुन्। शुक्रबार अबेर उनले गोल डटकमसँग आफू थप एक सिजन बार्सिलोनामा नै रहने बताएका हुन्।

मेस्सीले बार्सिलोना छाडेर प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा जाने इच्छा देखाइरहेको भए पनि त्यसमा बार्सिलोना ब्यवस्थापन राजी भएको थिएन।

मेस्सीले पछिल्लो पटक सन् २०१७ मा बार्सिलोनासँग सम्झौता गर्दा हरेक सिजनको अन्त्यमा क्लब छाडेर जानसक्ने बुँदा उल्लेख भएको थियो। तर बार्सिलोनामा अझै एक वर्षको सम्झौता बाँकी रहेका मेस्सी लैजानका लागि ७०० मिलियन युरो रिलिज क्लज तिर्नुपर्ने बार्सिलोना ब्यवस्थापनले बताउँदै आइरहेको थियो। जसका कारण उनलाई नयाँ क्लब जान मुस्किल बनिरह्यो।

क्लबले मेस्सीले त्यसरी सिजनको अन्त्यमा क्लब छाडेर जान सक्ने बुँदा जुनको मध्यदेखि अन्त्य भइसकेको बताइरहेको थियो। तर कोरोना माहामारीका कारण रोकिएर ढिलो सकिएको लिग सिजनका कारण त्यो समय अझ रहेको मेस्सीका कानूनी सल्लाहकारको तर्क थियो। यसरी बार्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउ र मेस्सीका एजेन्ट समेत रहेका उनका बुबा जर्ज मेस्सीबीचको छलफलमा पनि कुनै निर्णय निस्कन सकेको थिएन।

बर्टामेउले मेस्सीलाई ७०० मिलियन युरोको रिलिज क्लजबाहेक अरु कुनै पनि सम्झौतामा छाडेर जान नदिने बताएका थिए। बार्सिलोनाको कुरामा ला लिगाले पनि समर्थन गर्दै ७०० मिलियन युरो बिना मेस्सीले छाड्न नसक्ने जनाएको थियो। जसले यदि मेस्सीले क्लब छाडेमा अदालती प्रक्रियामा जानुपर्ने हुन्थ्यो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ