पशु बीमामा बढ्दै कृषकको आकर्षण, बाली बीमामा भने किन अनभिज्ञ ?

2017-05-06

रोल्पाका पशुपालक किसानमा बीमाप्रति आकर्षण बढ्दै गएको देखिएको छ । जिल्लामा हालसम्म विभिन्न पशुमा गरी तीनसय ९३ किसानले एकहजार एकसय २६ पशुमा बीमा गरेको पशु सेवा कार्यालय रोल्पाले जानकारी दिएको छ । यसरी बीमा भएका पशुमा ५७ किसानका ६७ गाई, २६ किसानका २९ भैँसी, नौ किसानका १६ गोरु, दुईसय ९६ किसानका एकहजार तीन बाख्रा, तीन किसानका तीन भेडा र दुई किसानका आठ बङ्गुर रहेको पशु सेवा कार्यालय रोल्पाका पशु चिकित्सक नीमबहादुर सिंहले जानकारी दिए ।

जिल्लाका साबिक सिर्प, उवा र थवाङबाहेक सबै गाविसका किसानले पशु बीमा गरेको बताइएको छ । पशु बीमाप्रति किसानको आकर्षण बढ्दै गएको देखिन्छ, सिंहले अगाडि थप्नुभयो । विभिन्न प्राकृतिक प्रकोप तथा रोगब्याधीबाट पशु मरेमा बीमाङ्कको ९० प्रतिशतसम्म रकम किसानले पाउने गर्दछन् । हालसम्म जिल्लामा बीमा गरेका ११ पशु मरेको हँुदा त्यसको बीमा रकम किसानले पाइसकेको पशु चिकित्सक सिंहले जानकारी दिए । पशु बीमाको अवधि एक वर्ष हुने बताइएको छ । बाली बीमाप्रति भने किसानको आकर्षण देखिएको छैन । किसानको उत्पादनको सुरक्षालाई सुनिश्चितता गर्ने गरी सरकारले बीमा कार्यक्रम लागू गरेको भए पनि जिल्लामा हालसम्म एकजना किसानले पनि बीमा नगरेको वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताए ।

“बाली बीमाको फाइदाबारे किसानलाई जानकारी नहुँदा आकर्षण नभएको हुन सक्छ निकट भविष्यमा नै बाली बीमाबारे सचेतीकरण गर्ने सोच बनाएका छौँ”, श्रेष्ठले भने । जिल्लाका गैरीगाउँ र बुढागाउँका किसानले टमाटरमा र जिनावाङका किसानले स्याउ खेतीमा बीमा गर्न थालेको श्रेष्ठले बताए । धेरैभन्दा धेरै किसानलाई बीमाको पहुँचमा ल्याउने गरी काम गर्छौं, श्रेष्ठले भन्नुभयो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ