2017-05-06 |
यती डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २१ करोड ७१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ८२ प्रतिशत बढी नाफा कमाएको हो । ले बढी हो । बैंकले गत वर्षको सोहि अवधिमा २० करोड ९८ लाख रुपैयाँ कमाएको थियो ।
एक अर्ब ३८ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडा कोषमा २२ करोड ६२ लाख रुपैयाँ छुट्याएको छ । निक्षेपमा ३२ दशमलव ६५ प्रतिशतले वद्धि गरी १२ अर्ब ३० करोड १५ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १० अर्ब ४१ करोड १८ लाख रुपैयाँ लगानी गरेको छ । । बैंकको खुद व्याज आम्दानी ७६ दशमलव ०७ प्रतिशतले बढेर ३६ करोड ८१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १० करोड ७९ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा २१ करोड १० लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा १७ करोड १४ लाख रुपैयाँ राखेको छ । बैंकको पुँजीकोष एक दशमलव ६२ प्रतिशतले बढेर १२ दशमलव ७६ प्रतिशत पुगेको छ भने निष्कृय कर्जा दुई दशमलव ९१ प्रतिशतले घटेर तीन दशमलव ८३ प्रतिशत कायम भएको छ । बैंकको प्रतिसेयर आम्दानी २० दशमलव ८९ रुपैयाँ (वार्षिक), मुल्य आम्दानीको अनुापत १० दशमलव ४९ गुणा, प्रतिसेयर नेटवर्थ एक सय १६ दशमलव ३२ रुपैयाँ र तरलता अनुपात २४ दशमल ७८ प्रतिशत रहेको छ ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...