2017-05-06 |
मनास्लु विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा चार करोड ५७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६ दशमलव ६६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले एक करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
३० करोड ८३ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडामा सात करोड ९७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ३६ दशमलव १३ प्रतिशतले वृद्धि गरी दुई अर्ब २८ करोड ३४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ३२ दशमलव २२ प्रतिशत बढाएर एक अर्ब ९८ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ५७ दशमलव ३५ प्रतिशतले बढेर १० करोड ७६ लाख रुपैयाँ पुगेको छ भने संचालक मुनाफा ६९ दशमलव ०४ प्रतिशतले बढेर सात करोड १८ लाख रुपैयाँ पुगेको छ ।
बैंकले प्रोभिजनमा ४२ लाख रुपैयाँ राखेको छ । चैत्र मसान्तसम्ममा बैंकको पुँजीकोषको अनुपात १८ दशमलव ६७ प्रतिशत, निष्कृय कर्जा शुन्य, प्रतिसेयर आम्दानी १९ दशमलव ७८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय २५ दशमलव ८७ रुपैयाँ र तरलता अनुपात २९ दशमलव ९८ प्रतिशत रहेको छ ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...